पश्चिमाञ्चलका ८ लाख मोबाइल थ्री जी बनाइने

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
१७ बैशाख २०७१, बुधबार ०३:३८

पोखरा, १७ वैशाख । नेपाल टेलिकमले पश्चिमाञ्चल विकास क्षेत्रमा पनि मोबाईल सेवाको नेटवर्कलाई थ्री जी मा परिवर्तन गर्ने तयारी गरेको छ ।
यसअघि काठमाडौं उपत्यकाभित्रको टु जी मोबाईल नेटवर्कलाई सुधार गरी थ्री जी मा परिवर्तन गरिसकेको टेलिकमले अब पश्चिमाञ्चलको केन्द्र पोखरासहित अन्य शहरहरुमा पनि सुधारिएको सेवा दिन लागेको हो ।
टेलिकमले काठमाडौं उपत्यका र पश्चिमाञ्चल विकास क्षेत्रमा गरी करिब ४८ लाख लाईन सेवा विस्तार गर्ने तयारी गरिरहेको जनाएको छ ।
पहिल्यै स्थापना गरिएका जिएसएम मोबाईलको टावरमा राखिएको प्रविधिलाई परिवर्तन गरेर थ्री जी बनाईने नेपाल टेलिकम पोखराका सेल्स प्रमुख राजेश रेग्मीले जानकारी दिनुभयो ।20131222-105649-am
आगामी छ महिनाभित्रमा पश्चिमाञ्चल विकास क्षेत्रको लुम्बिनी र गण्डकी अञ्चलमा थ्री जी सेवाका उपकरण जडान गरिसक्ने टेलिकमको तयारी छ ।
पश्चिमाञ्चल विकास क्षेत्रमा करिब ८ लाख लाईन मोबाईललाई थ्री जी मा स्तरोन्नती गरिने सेल्स प्रमुख रेग्मीले बताउनुभयो । ग्राहकहरुको माग बमोजिम मोबाइल सेवामा अत्याधुनिक सुविधाहरु प्रदान गर्न नेपाल टेलिकमले जेडटिईद्वारा निर्माण गरेको पुरानो नेटवर्कलाई हुवावे कम्पनीको थ्री जी सेवाको जिएसएम नेटवर्कमार्फत प्रतिस्थापन गर्ने तयारी गरेको हो ।
मोबाइल सेवाका ग्राहकहरु भ्वाईस सेवा (कुराकानी गर्ने) भन्दा पनि डाटा सेवा (इन्टरनेट चलाउने) प्रति आकर्षित हुन थालेपछि, टेलिकमले उच्च गतिको डाटा क्षमता भएको सेवा सञ्चालनमा ल्याउन लागेको हो । मोबाइल सेवाको यो नयाँ नेटवर्क सञ्चालनमा आएसँगै डाटा सेवाको क्षमतामा वृद्धि हुने र भ्वाइस सेवाको गुणस्तरमा सुधार आउने अपेक्षा गरिएको टेलिकमको भनाई छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, कार्तिक १०, २०८१