नौ वटा स्कुल खारेजीमा

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
१ फाल्गुन २०७१, शुक्रबार ११:१८

भक्तपुर,१ फागुन ।  जिल्ला शिक्षा कार्यालय भक्तपुरले जिल्लाका नौ वटा विद्यालयलाई खारेज गरेको छ ।
अनुगमन गर्दा ती विद्यालय सञ्चालनमा नरहेको पाइएकोले खारेज गरिएको eduजिल्ला शिक्षा अधिकारी रमाकान्त शर्माले जानकारी दिनुभयो ।उहाँका अनुसार सञ्चालन भएको पाइएमा १५ दिनभित्र प्रमाण पेश गर्न भनिएको छ ।
“१५ दिनभित्र प्रमाण सहित उपस्थित नभएमा विद्यालय स्वतः खारेज हुनेछन्” उहाँले भन्नुभयो । खारेजीमा निम्न विद्यालयहरु परेका छन् :

क्र स विद्यालयको नाम ठेगाना
१ पुजा विद्यासागर स्कुल मध्यपुर थिमी , गठ्ठाघर, भक्तपुर
२ शंखधर मेमोरियल स्कूल मध्यपुर थिमी ४, भक्तपुर
३ सिन्दु एकेडेमी मध्यपुर थिमी १६ भक्तपुर
४ स्टानफोर्ड इन्टरनेशनल स्कूल वालकोट, भक्तपुर
५ ज्योतीज्ञान एकेडमी कटुञ्जे, भक्तपुर
६ ब्राइटल्याण्ड ई स्कुल कटुञ्जे, भक्तपुर
७ ग्रेसल्याण्ड पव्लिक स्कूल भ न पा १५, भक्तपुर
८ फ्रेण्डसिप एकेडेमी सुडाल, भक्तपुर
९ एम्विसन इ स्कूल कटुञ्जे, भक्तपुर

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बुधबार, कार्तिक ७, २०८१