फेसबुकको फेक अकाउन्ट पत्ता लगाउने सजिलो तरिका

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
१ फाल्गुन २०७१, शुक्रबार ११:१५

काठमाडौं,१ फागुन । केही दिन अघि मात्रै फेसबुकले आफ्नो ११ औं बर्थडे मनायो । हरेक फेब्रुअरी ४ तारिखमा फेसबुक डे मनाउने गरिन्छ । यही सेरोफेरोलाई केन्द्रमा राखेर केहि समय पहिले फेसबुकले एसइसि अमेरिकी सिक्युरिटी एंड एक्सचेंज कमीशन लाई दिएको आंकड़ामा उसको पोर्टलमा १० करोड नक्कली एकाउट भएको जनाएको छ । फेसबुकले नक्कली अकाउण्ट पत्तालगाउने सहज तरिका facebook_6पनि सिकाएको छ । फेक एप को मद्दत बाट फेसबुकमा फेक अकाउंट पहिचानगर्न यति सजिलो छैन तर इजराइल स्थित एक कंपनी ले यस्तो मोबाइल एप बनाएको छ जसले फेसबुकको फेक अकाउन्ट पत्ता लगाउन मद्दत गर्छ । विश्वको सबैभन्दा बढि सोशल नेटवर्किंग वेबसाइट मा फेक एकाउन्ट पत्ता लगाउने दाबी छ । जसको नाम फेकअफ रहेको छ।

यो एपले कसरी गर्छ काम ?

फेसबुकमा फेक एकाउन्ट कयौं ग्रुपमा हुन्छन् । यसमा क्रिमिनलदेखि कमर्शियल सम्म लगभग सबै किसिमका फेक एकाउन्ट भेटिन्छन् । फेकअफ एपले एक खास किसिमको एल्गोरिदम प्रयोग गरेर फेसबुक प्रोफाइललाई १ देखि १० सम्म नम्बर दिन्छ । यो स्कयानिंग सुरु गरेदेखि एक वर्ष सम्म चलिरहन्छ । एपमा फेसबुक प्रोफाइलमा देखिएको कुनै पनि अलग गतिविधि लाई जाँचिरहन्छ । र यसबाटै फेक एकाउन्टको पत्ता लगाउछ। यो एपमा फेसबुकको टाइमलाइनको सबै जानकारी देखिन्छ। फेकअफ एप को निर्माता इलिरैन शाचार ले भनेका छन् । फेसबुक को १.३५ अर्ब प्रयोगकर्ता मध्ये लगभग १० प्रतिशत फेक अकाउंट हुन्छन् । यो ऐप को मद्दतबाट यूजर्स लाई यस्तो एकाउन्ट र यिनिहरुको गतिविध बाट बचाउन सक्छ। शाचारका अनुसार उक्त एपको मद्दतबाट जाँचिएका सबै एकाउन्ट मध्ये २४ प्रतिशत फेक निस्किन्छन् ।

प्रतिक्रिया