विश्वकप क्रिकेटको भव्य उद्घाटन

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
१ फाल्गुन २०७१, शुक्रबार १०:४३

काठमाडौं, १ फागुन । विश्वकप क्रिकेटका औपचारिक खेलहरु शनिबारदेखि सुरु हुँदैछन् । तर, विश्व क्रिकेटको यो महाकुम्भको औपचारिक उद्घाटन भने विहीबार राति नै भइसकेको छ ।

15718न्युजिल्यान्डको क्राइस्टचर्च र अष्ट्रेलियाको मेलबर्नमा दुई भव्य समारोहकाबीच विश्वकप क्रिकेटको पछिल्लो संस्करण सुरु भएको हो । उद्घाटन समारोहमा विश्वकपमा सहभागी टोलीको परेडसँगै विश्वका विभिन्न खेल र क्षेत्रका सेलिब्रेटीहरु उपस्थित थिए ।

अत्याधुनिक प्रविधिको प्रयोग गरिएको उद्घाटन समारोहले योपटकको विश्वकप क्रिकेट प्राचीन खेलको आधुनिक सजावटसँग मिसिने धेरैको अनुमान छ ।

प्रतियोगिताको पहिलो दिन शनिबार बिहान नेपाली समयअनुसार पौने ४ बजे न्युजिल्यान्डमा हुने खेलमा आयोजक न्युजिल्यान्डसँग एसियाली ‘पावर हाउस’ श्रीलंका भिड्नेछ । शनिबार नै अष्ट्रेलियामा हुने खेलमा अर्को आयोजक टोली अष्ट्रेलियाले परम्परागत प्रतिद्धन्द्धी इंग्ल्यान्डसँग खेल्नेछ ।

१४ टोली सहभागी योपटकको विश्वकपमा टेस्ट खेल्ने १० टोलीसँग टेस्ट नखेल्ने थप ४ टोलीले प्रतिस्पर्धा गर्नेछन् । दुई समूहमा विभाजन गरी लिग कम नकआउटको आधारमा सन्चालन हुने प्रतियोगिताको प्रत्येक समूहबाट शीर्ष चार टोली क्वाटरफाइनलमा पुग्नेछन् ।

प्रतियोगिताको समूह ‘ए’ मा दुई आयोजक राष्ट्र अष्ट्रेलिया र न्युजिल्यान्डसँगै इंग्ल्यान्ड, श्रीलंका, बंगलादेश, अफ्गानिस्तान र स्कटल्यान्ड रहेका छन् ।

यसैगरी, समूह ‘बी’मा भारत, पाकिस्तान, दक्षिण अफ्रिका, वेस्ट इन्डिज, जिम्बाबे, युएइ र आयरल्यान्ड रहेका छन् ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, मंसिर १४, २०८१