नेपालका साढेदुई लाख गरिब विद्यार्थीलाई मेस्सीको साथ

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२९ माघ २०७१, बिहीबार १४:५९

काठमाडौं,२९ माघ । अर्जेटिनाको राष्ट्रिय फुटवलटोलीका कप्तान तथा बर्सिलोना फुटवल क्लबका सुपरस्टार खेलाडी लियोनल मेस्सीले नेपालका साढेदुई लाख गरिब विद्यार्थीलाई सघाउने भएका छन् । बार्सिलोना फाउन्डेसनको अगुवाई तथा युनिसेफ र कतारमा रहेको समाजिक संस्था ‘रिच आउट टु एशिया‘को सहयोगमा ‘१ इन ११’ नामक अभियान सुरु भएको हो ।

lionel-messi-620x400जसले नेपालसहित बंगलादेश र इन्डोनेसियामा सीमान्तकृत समुदायका बालबालिकाको शिक्षाका लागि सहयोग गर्नेछ ।त्यसका लागि युनिसेफको नेपाल कार्यालयले प्राथमिकताका दश जिल्ला छनौट गर्ने बताइएको छ । ‘ती जिल्लाका बिद्यालयहरुमा माध्यमिक तहसम्म खेलकुदका सामाग्री प्रदान गर्ने, अपाङ्ग बालबालिकालाई शिक्षाको पहुँच दिने र सीमान्तकृत र शिक्षाको पहुँच पुग्न नसकेका बालबालिकालाई बिद्यालयसम्म पुर्‍याउने काम हुने छ’ युनिसेफले जारी गरेको बिज्ञप्तिमा भनिएको छ । युनिसेफका अनुसार नेपालका १० जिल्लाका झण्डै ४ सय बिद्यालयमा २ लाख ६५ हजार बालबालिका यो कार्यक्रमबाट लाभान्वित हुनेछन् ।

युनिसेफका सदभावदूतसमेत रहेका स्ट्राइकर मेस्सी र अमेरिकी टेनिस स्टार सेरेना विमियम्सले रकम संकलनका लागि अगुवाई गरिरहेका छन् । यसका लागि आजै लण्डनमा बिश्वका चर्चित चित्रकारहरुले दिएका चित्रहरुको लिलामी कार्यक्रम हुँदै छ । जहाँ यसका अभियन्ता लियोनल मेस्सीसमेत उपस्थीत हुनेछन् । लिलामीबाट प्राप्त रकम नेपालका बालबालिकाको शिक्षाका लागि खर्च हुने छ ।

विश्वमा लाखौं बालकालिका अझै स्कुल जान नसकेकाले अभियान सुरु गरिएको मेस्सीले बताए । बिश्वका ११ मध्ये एक बालबालिकासम्म बिद्यालय शिक्षाको पहुँच पुग्न नसकेको भन्दै सेरेनाले यसलाई सून्यमा झार्न यो अभियान सुरुवात गरिएको बताइन् । शिक्षाको अभावमा उनीहरुको पूर्ण सम्भावना र क्षमता राष्ट्रले उपयोग गर्न नसकेको भन्दै उनले अभियानले धेरैभन्दा बालबालिकालाई बिद्यालय शिक्षाको पहुँच दिने बताइन् । युनिसेफको उक्त यस कार्यक्रमको लागि मेस्सी नेपाल आउने वा नआउने तय भैनसकेको युनिसेफले जनाएको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बुधबार, कार्तिक ७, २०८१