एन्ड्रोइड फोनको लागि १५ अत्यावश्यक फेसबुक टिप्स

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२९ माघ २०७१, बिहीबार १२:५३

हामीमध्ये धेरैजना फेसबुक दैनिक प्रयोग गर्ने गर्दछौँ । साथीहरुसँग सम्पर्कमा रहिरहनका लागि यो सबैभन्दा राम्रो माध्यम साबित भएको छ । तपाईंले जतिबेला फेसबुक चलाउँदा पनि कोही न कोही साथी फेसबुकमा भेट्नु नै हुन्छ । मोबाईलभन्दा डेस्कटपमा फेसबुक चलाउन सजिलो हुन्छ विशेषगरि यसको सेटिङ मिलाउँदा । डेस्कटप र मोबाइलमा फेसबुकको फिचरको स्थान थोरै भिन्न facebookरहने गर्दछ । आज हामी तपाईंलाई मोबाइलमा फेसबुक प्रयोग गर्ने केहि साधारण टिप्सको बारेमा जानकारी दिँदै छौँ जसले तपाईंलाई धेरै सहयोग गर्ने गर्दछ ।

१. साथीलाई ब्लक गर्नुहोस्ः फेसबुक एप ओपन गर्नुहोस्, मेसेजमा जानुहोस् अब जुन साथीलाई ब्लक गर्न चाहनुहुन्छ त्यसलाई ब्लक गर्नुहोस् ।

२. मेसेज लोकेसन अफ गर्नुहोस्ः फेसबुक एपलाई खोल्नुहोस् त्यसपछि मेनु अप्सनमा जानुहोस् र सेटिङमा क्लिक गर्नुहोस् । सेटिङमा गएपछि मेसेन्जर लोकेसनमा जानुहोस् र लोकेसन सर्भिसलाई अनचेक गर्नुहोस् ।

३. नोटिफिकेसन इन्टरभल रिफ्रेश गर्नुहोस्ः फेसबुक एप ओपन गर्नुहोस्, त्यसपछि आफ्नो डिभाइसको मेनुमा जानुहोस् र सेटिङमा जानुहोस् । अब रिफ्रेसन इन्टरभल अप्सनमा गएपछि तपाईं जुनसुकै इन्टरभल सेलेक्ट गर्न सक्नुहुन्छ ।

४. नोटिफिकेसन डिसेबल गर्नुहोस्ः फेसबुक एप ओपन गर्नुहोस् । मेनुमा जानुहोस्, सेटिङ अप्सन सेलेक्ट गर्नुहोस् र नोटिफिकेसन अप्सनमा भएको टिक मार्कलाई हटाउनुहोस् ।

५. टु स्टेप नोटिफिकेसन अप्सन इनेबल गर्नुहोस्ः फेसबुक एप ओपन गर्नुहोस्, त्यसपछि दायाँ पट्टी दिएको आइकनमा क्लिक गर्नुहोस् र त्यसलाई खोल्नुहोस् । अब सिक्योरिटी अप्सनमा जानुहोस् र लगइन अप्रुभल अप्सनलाई अन गर्नुहोस् । त्यसपछि सेटअपमा जानुहोस् र आफ्नो फोननम्बर हालेर अगाडिको प्रक्रिया अपनाउनुहोस् । तपाईंको फोनमा एउटा कन्फरमेसन मेसेज आउनेछ । त्यो मेसेज कोडलाई बक्समा हालेर कन्फर्म गर्नुहोस् ।

६. कोड जेनेरेटरबाट कोड पाउनुहोस्ः फेसबुक एप ओपन गर्नुहोस्, नेविकनमाथि क्लिक गर्नुहोस् र कोड प्राप्त गर्नुहोस् ।

७. फ्रि कल गर्नुहोस्ः फेसबुक एप ओपन गर्नुहोस्, मेसेन्जर आइकनमा क्लिक गर्नुहोस् । त्यसपछि कुनै पनि साथीहरुको कन्ट्याक्टमा क्लिक गर्नुहोस् र माथि दिइएको कल अप्सनमा क्लिक गर्नुहोस् ।

८. ग्रुप मेसेज गर्नुहोस्ः फेसबुक एप ओपन गर्नुहोस्, मेसेज आइकनमा क्लिक गर्नुहोस्, ग्रुप आइकनमा क्लिक गर्नुहोस् । अब जो साथीहरुलाई तपाईं इन्भाइट गर्न चाहनुहुन्छ त्यो ग्रुपमा इन्भाइट गर्नसक्नुहुनेछ ।

९. साथीहरुको मेसेजमा पिन गर्नुहोस्ः फेसबुक एप ओपन गर्नुहोस् र एडिट अप्सनमा गएर प्लस साइनमा क्लिक गर्नुहोस् र आफ्ना साथीहरुलाई फेभरेट लिष्टमा एड गर्नुहोस् ।

१०. भिडियो अटोप्ले अप्सनः फेसबुक एप ओपन गर्नुहोस्, डिभाइसको मेनु बटनमा जानुहोस् र सेटिङ अप्सन छान्नुहोस् । सेटिङमा भिडियो अटोप्ले अप्सनमा गएर अप्सन छान्न सक्नुहुन्छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

मङ्लबार, अशोज २२, २०८१