छोरीको बलात्कारीलाई बोलाएर डिनर

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२९ माघ २०७१, बिहीबार १२:१०

आफ्नै छोरीलाई बलात्कार गर्ने बलात्कारीलाई पीडितका बाबुले भेटे के गर्लान् । सामान्य बुझाई हुन्छ, कि त आफैं आक्रमण गर्छन् कि प्रहरीलाई बुझाउँछन् । तर भारतमा एक बाबुले दोषीलाई सजायँ दिन अचम्मको शैली अपनाएका छन् । उनले आफ्नो १४ वर्षीया छोरीलाई बलात्कार गर्नेलाई घरमा बोलाएर अथिति झैं downloadसम्मानपूर्वक भोजन गराए अनि निर्ममतापूर्वक हत्या गरे । डिनर गराईसकेपछि ती बाबुले बलात्कारीको गोप्य अंग जलाइदिए, अनि घाँटी थिचेर हत्या गरे । त्यसपश्चात उनले आफैं प्रहरी चौकीमा पुगेर आत्मसमर्पण गरेका थिए । घटना उत्तरपूर्वी दिल्लीस्थित खजुरी इलाकाको हो । शनिबार पुलिस स्टेसनमा पुगेका ती बाबुले घटनाको सारा जानकारी दिँदै आत्मसमर्पण गरेका हुन् । बलात्कारको आरोपी औषधीको सप्लाइको काम गर्थ्यो । उसले १४ वर्षीया बालिकालाई करिब २ महिना पहिले बलात्कार गरेको खुलेको प्रहरीले जनाएको छ । औषधि सप्लाई गर्न गएका बेला घरमा एक्लै रहेकी किशोरीको बलात्कार भएको पीडित पक्षको आरोप छ । बलात्कारीले ती किशोरीलाई घटनाको खुलासा नगर्न धम्कीसमेत दिएको थियो । तर उनले सोही दिन घटनाबारे बाबुलाई बताइदिइन् । बदनामीको डरले उनी तत्काल पुलिसस्टेसन त गएनन् तर भित्र-भित्रै बलात्कारीलाई आफैं सजायँ दिने योजना बनाउन थाले । उनले हत्या अघि ती युवकलाई महत्वपूर्ण विषयमा छलफल गर्न भन्दै डिनरको निम्तो दिएका थिए । घरमा आएपछि सुरुमा सम्मानपूर्वक भोजन गराएर आफूले सजायँ दिएको बयान उनले प्रहरीलाई दिएका छन् । प्रहरीले ती बाबुकाविरुद्ध व्यक्ति हत्याको मुद्दा चलाएको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

मङ्लबार, अशोज २२, २०८१