स्वस्थ्थ रहन नमस्ते नै राम्रो

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२९ माघ २०७१, बिहीबार १२:०७

काठमाडौं, २९ माघ । हात मिलाउँदा धेरै रोग सर्न सक्ने औल्याउँदै विशेषज्ञहरुले स्वस्थ्थ रहन नमस्ते नै राम्रो हुने सुझाव दिएका छन् ।
Namaste-274x300चितवन मेडिकल कलेज स्कुल अफ पब्लिक हेल्थ कम्युनिटी मेडिसिन प्रिन्सिपल प्राध्यापक डाक्टर मुनिराज छेत्रीले भने, ‘हाल मिलाउँदा एक जनाबाट अर्कोमा थुप्रै प्रकारका रोग सर्ने संभावना हुन्छ ।’

विज्ञहरुका अनुसार सामान्य ब्यक्तिीले साबुन पानीले हात नधोएसम्म मुखसमेत छुनुहुदैन । एउटा सामान्य ब्यक्तिको हातमा दिनहुँ थुप्रै प्रकारको रोग उत्पन्न गर्नसक्ने भाइरस ब्याक्टेरिया हुन्छ ।

‘हाम्रो संस्कृतिमा अभिवादनका लागि नमस्कार गर्ने परम्परा धेरै वैज्ञानिक रहेकाले यसलाई पुनः चल्तीमा ल्याउनुपर्छ’ उनले भने ।

हात मिलाउँदा के के सर्न सक्छ ?
स्वाइन फ्लु, रुघाखोकी, यौनरोग, जन्डिस, टाइफाइड, हेपाटाइटिस बी/सी, ढेउला, दादुरा, झाडापखाला, लुतो, छाला संक्रमण, भिरिङ्गी, गनोरिया, बर्डफ्लू, सार्स, दाद, हैजा, इबोला, कुष्ठरोग, लेप्टोस्पोरोसिस, एन्थ्रेक्स, मेनेन्जाइटिस ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, जेष्ठ ५, २०८१