अर्गानिक कृषिमा अध्यापन सुरु

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२९ माघ २०७१, बिहीबार ११:५७

काठमाडौँ,२९ माघ । काठमाडौँ विश्वविद्यालयले अर्गानिक कृषिमा अध्यापन सुरु गरेको छ । कोरियाली सहयोग संगठन कोइकाको सहयोगमा केयुले सो विषयमा 1679-490697714082अध्यापन सुरु गरेको हो । यस विषयमा औपचारिक अध्यापन पहिलो पटक भएको दावी गरिएको छ ।

स्नातकोत्तर तहको सो विषयको अध्यापनका लागि चार जना विद्यार्थी छनोट गरिएको छ भने परीक्षण परियोजना अन्तर्गत पठनपाठन सुरु गरिएको छ । अध्यापन अवधि दुई वर्षको हुनेछ ।
यस कार्यक्रमलाई केयुको बायोटेक्नोलोजी विभागले सञ्चालन गर्नेछ । विद्यार्थीका लागि लाग्ने सबै खर्च परियोजनाले व्यहोर्ने बताइएको छ ।
नेपालका लागि कोरियाली राजदूत योङ जी चोइ, केयुका राजिष्ट्रार भोला थापा र नेपाल कृषि अनुसन्धान परिषद्का निर्देशक डा। कृष्णप्रसाद पौडेलले यस शैक्षिक कार्यक्रमको औपचारिक उद्घाटन गर्नुभयो ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बुधबार, कार्तिक ७, २०८१