क्रिकेट संघमा कोइराला कार्यवहाक अध्यक्ष

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२९ माघ २०७१, बिहीबार ११:५२

काठमाडौ, २९ माघ । नेपाल क्रिकेट संघ (क्यान) को तीन दिनदेखि राजधानीमा जारी बोर्ड बैठकमा बुधबार पदाधिकारीले हालै ब्यवस्थापिका संसदको विकास 7(1)(1)समितिमा क्यानकी प्रमुख कार्यकारी अधिकृत (सिइओ) भावना घिमिरे र राष्ट्रिय टोलीका कप्तान पारस खड्काले दिएको अभिव्यक्तिको आलोचना गरेका छन्।
बैठकमा केही पदाधिकारीले घिमिरे र खड्काले विकास समितिमा बोल्न नहुने कुरा बोलेको भन्दै आलोचना गरेको बैठकका एक सहभागीले बताए। घिमिरे र खड्काले विकास समितिद्वारा हालै आयोजित छलफल कार्यक्रममा क्यानले खेलाडीको हकहितमा काम गर्न नसकेको बताएका थिए।
यसैगरी बैठकमा क्यानको कार्यवाहक अध्यक्षको जिम्मेवारी दीपक कोइरालालाई दिने सहमति भएको जानकारी पनि ती पदाधिकारीले दिए। तत्कालीन कार्यवाहक अध्यक्ष तारिणिविक्रम शाहको निधनपछि उक्त जिम्मेवारी कसले सम्हाल्ने भन्ने विषयमा हालसम्म निर्णय हुन सकेको छैन।
अध्यक्ष टंक आङबुहाङसहित १० जना पदाधिकारीमाथि आर्थिक अनियमितताको मुद्दा चलिरहेकाले शाहलाई कार्यवाहक अध्यक्षको जिम्मेबारी दिइएको थियो। बुधबार बसेको बोर्ड बैठकमा पनि कार्यवाहक अध्यक्षका प्रत्यासी उपाध्यक्ष श्रीनिवास राणा लगायत केही सदस्य उपस्थित थिएनन्।
कोइरालालाई जिम्मेवारी दिने विषयमा औपचारिक निर्णय भने भइसकेको छैन। बैठक बिहीबार पनि बस्ने छ। जारी बैठकले सिइओ घिमिरे र कप्तान खड्काले विकास समितिमा उठाएका प्रश्नको समुचित जवाफ दिने पनि जनाइएको छ।
यसैगरी बैठकमा आर्थिक नियमावली, कर्मचारी नियमावली, अम्पायर नियमावली लगायत विषयमा पनि छलफल हुने बताइएको छ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

मङ्लबार, अशोज २२, २०८१