भारतीय सत्ताको गिद्देदृष्टि र नेपालमा इसाईहरुको चलखेल !

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२९ माघ २०७१, बिहीबार ०६:२१

261829_1836462427540_771920_nदीर्घराज प्रसाई   – 

२०७१ सालको प्रारम्भमा भारतमा कांग्रेस (आई) पतन भएर भारतीय जनता पार्टी (भाजपा) सत्तामा आएको छ । भारतीय हिन्दु राष्ट्रवादी पार्टी–भाजपा सत्तामा आएकाले हामी नेपालीहरु खुसी छौं । हिन्दु राष्ट्रवादी नेता नरेन्द्र मोदीले कस्तो नेपाल नीति कार्यान्वयन् गर्छन् त्यो हेरेर मात्र भारतको नेपालप्रतिको रवैया बुझ्न सकिन्छ । तर मोदी सरकारले पनि कांग्रेस (आई)को झैं साउथ ल्वक ‘रअ‘ को बाटो लियो भने भारतीय जनता पार्टी पनि नेपालको शत्रुको रुपमा मानिने छ । नेपालमा धर्मनिरपेक्ष, गणतन्त्र कायम भएपछि अमेरिका र यूरोपका इसाई देशहरु विश्वको यो हिन्दुस्थललाई इसाईकरण गर्ने र चीन टुक्रयाउने रणनीतिमा संलग्न रहेका छन् र रहन्छन् । अमेरिका र यूरोपका देशको नेपाल र चीन माथि आफ्नो रणनिित सफल भएपछि उनीहरुको शक्ति भारत टुक्रयाउन लाग्छ । अहिले पश्चिमाहरु भारतलाई सशंकित बनाउन चहादैनन् ।

नेपाल, चीन, भारत ध्वस्त गराएर एशीयामा पश्चिमाहरुको प्रभूत्व कायम गर्ने कुरा चीनले चाहिं राम्ररी बुझेको छ । चीन अहिले शक्तिशाली छ । उ हेरेर बसेको छ । पश्चिमाहरुको चीन माथिको षडयन्त्र बढ्दै गएमा पश्चिमाहरुलाई लखेट्न आफ्नो सुरक्षाको लागि चीन ससस्त्र चीनिया रेड आर्मीसाथ नेपाल प्रवेश गर्छ । यसरी चीनको नेपालमा प्रवेश विश्वयुद्धको थालनी बन्छ । साम्राज्यवादी शक्तिलाई लखेट्न चीनको नेपाल प्रवेश नेपालको लागि अर्को खतरा हो जसबाट भारत पनि सुरक्षित बन्न सक्तैन । यो वास्तविकतालाई कांग्रेस (आई) र उसको गुप्तचर संस्था ‘रअ’ ले त बुझेन । तर अहिलेको हिन्दु देशभक्त पार्टी भारजपाको नरेन्द्र मोदीको सरकारले पनि बुझन सकेन भने मोदीको समयकालमा नैं एशीयामा पश्चिमाहरुको रजाईं चल्छ । यो खतरनाक षडयन्त्रलाई बुझन नसक्नु भारतको ठूलो हार हो ।

भारतको विश्वासघाती व्यवहारबाट नेपालको मित्रता माथि कुठराघात भइरहेको छ । उत्तरतर्फको छिमेकी देशचीनसँग भाषा पनि मिल्दैन, भौगोलिक अवस्था पनि अप्ठयारो छ, तर चीनले नेपाललाई दुःख दिने काम गरिआएको छैन र चीनसँगमा हामी नेपालीहरु सशंकित छैनौं । धर्मको हिसावले बौद्धधर्मप्रति चीनिया जनता परिचित छन् । चीनले नेपालको सार्वभौमसत्ताको सम्मान गर्छ । चीनमा साम्यवाद स्थापना भएपछि पनि चीनिया कम्युनिष्ट नेता माओत्सेतुङ्गको समयदेखि नेपाल–चीनबीचमा कहिले खट्पट भएको छैन । कांग्रेस (आई) र ‘रअ’ ले नेपाललाई ध्वस्त गराउने कुरा जवाहरलाल नेहरु विश्वविद्यालयका कुख्यात नेपाल विरोधी प्रा. एस्.डी.मुनीले लेखेका छन्– ‘१२ बुँदे समझदारी, माओवादी सात दल सहकार्य, दोस्रो जनआन्दोलन, माओवादीको मूलधारमा प्रवेश, शान्तिप्रक्रिया, संविधानसभा निर्वाचन गणतन्त्र घोषणा आदि यी सबैमा हर्मिजको भूमिको कुनै न कुनै रुपमा थियो । माओवादीहरु र ‘रअ’ बीच उत्कृष्ट समझदारी हुनुमा ‘रअ’ का नयाँ प्रमुख हर्मिज धाराकन र बाबुराम भट्टराईबीचको राम्रो व्यक्तिगत सम्पर्कले पनि सहजीकरण गरेको थियो ।’

त्यसैगरी भारतीय गुप्तचर संस्थाका पूर्व प्रमुख पी. हर्मिजले पछि भनेका थिए–‘नेपालमा जेजति काम भयो, त्यसको मूख्य श्रेय प्रधानमंत्री मनमोहन सिंहमा जान्छ । १२ बुँदे समझदारी विशेष परिस्थितिमा भएको थियो ।’ पी. हर्मीज माओवादी कथित जनयुद्धको बेला र दरबार हत्याकाण्डको समयमा नेपाल नैं ‘रअ’ प्रमुख थिए । सोनीयाँ गाँधी पनि क्याथोलीक पी. हर्मीज र बाबुराम भट्टराई दुबै क्याथोलीक भएकाले सोनीयाँ गाँधीको आसिरवाद प्राप्त गरेर नेपाललाई इसाईकरण गर्नमा माओवादीहरु सक्रिय बनेका थिए । स्मरणहोस्– प्रधानमंत्री राजीव गाँजी नेपाल भ्रमणको अवसरमा सोनीयाँ गाँधी इसाई भएकाले भट्ट पूजारीले पशुपतिनाथको दर्शनमा सोनीयाँ गाँधीलाई रोक लगाएका थिए । त्यही आक्रोस थियो नेपालमा धर्मनिरपेक्ष लाधेर इसाईकरण गराउने ।

प्रचण्ड प्रधानमंत्री र बाबुराम भट्टराई अर्थमंत्री बनेपछि पशुपतिनाथमा भट्ट पूजारीहरुलाई निस्कासित गरेर माओवादीले इसाई समर्थक पूजारी भर्ना गरेर सोनीयाँ गाँधीको इच्छा पूरा गर्न खोजेका थिए । अवका दिनमा भारतीय सत्ताको गिद्देदृष्टि र इसाईहरुको चलखेल बन्द गर्ने दृढ संकल्पकासाथ नेपालको राष्ट्रियता र प्रजातन्त्रलाई बचाउन २०४७ सालको संविधानलाई कार्यान्वयन गरेर संवैधानिक राजसंस्था र हिन्दुअधिराज्य यथावत कायम गने सशक्त हुनसक्नु पर्छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

आइतवार, अशोज ६, २०८१