निद्रा लाग्दैन ? त्यसो भए यसो गर्नुहोस्

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२६ माघ २०७१, सोमबार १२:४१

एजेन्सी । तपाईं लामो समयसम्म अनिद्रा यानिकी इनसोमेनियाको सिकार हुनुभयो भने यसले तपाईंको आयुनै कम गर्दै जाने खतरा हुन्छ । धेरै यस्ता मानिसहरु छन्, जो लामो समय सुत्दैनन् र काममा लागिरहन्छन् ।

स्वस्थ रहनका लागि मानिसलाई दैनिक कम्तिमा ६ घण्टा सुत्नै पर्ने हुन्छ । लामो Women-sleepingसमयसम्म निद्रालाई टार्नाले इनसोमेनियाको सिकार बनिन्छ ।
अध्ययनमा पाइएको छ, अनिद्राले तपाईंको शरीरमा रक्त सञ्चारलाई नै प्रभावित पारिदिन्छ । जसका कारण मुटु सम्बन्धी रोगका अलावा डाइबिटिज, क्यान्सरजस्ता रोगहरुको खतरा रहन्छ ।
सुत्ने समयमा तपाईंको आसपासको वातावरण शान्त रहनु जरुरी छ । नजिकमा हुने हल्ला र अन्य आवाजहरुबाट टाढा रहने कोशिस गर्नुहोस् । बेडलाई पनि नरम र आरामदायी बनाउनुस् । त्यसपछि तपाईं आरामले निदाउन सक्नुहुन्छ । किनकी बेड आरामदायी नभएमा पनि राम्ररी निदाउन सकिन्न ।
साथै रातमा सुत्दै हुनुहुन्छ भने कोठाको बत्ति अनिवार्य बन्द गर्नुहोला । बत्ति बन्द नगरेमा त्यसले बारम्बार तपाईंको आँखालाई प्रभावित पारिरहन्छ र राम्ररी निदाउन सकिन्न । रातको समयमा मस्त सुत्नुस् स्वस्थ रहनुस् ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, जेष्ठ ५, २०८१