स्मार्टफोनले एचआइभी परीक्षण गर्ने

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२६ माघ २०७१, सोमबार १२:०७

एजेन्सी,२६ माघ । अमेरिकी वैज्ञानिकहरुले यस्तो प्रविधिको विकाश गरेका छन् जसको माध्यमबाट अब मोबाइल फोनले नै एच आइ भीको परीक्षण गर्नेछ ।

phone-dongle-sकोलम्बिया युनिभर्सिटीका शोधकर्ताहरुले एउटा यस्तो डिभाइसको निर्माण गरेका छन् जसलाई स्मार्टफोनसँग आबद्ध गरी कुनैपनि मानिसको एच आइ भी परीक्षण गर्न सकिन्छ । यो डिभाइसको माध्यमबाट रगतको एक थोपाबाटै एच आइ भीको परीक्षण सम्भव हुनेछ । यो डिभाइसले १५ मिनेटमा तिन जना मानिसको एच आइ भी परीक्षण गर्न सक्ने बताइएको छ ।
यो चामत्कारिक डिभाइसको एउटा अर्को विशेषता के हो भने यसलाई कुनै संग्रहित उर्जा विनै पनि प्रयोग गर्न सकिन्छ, किनकी यो डिभाइस चल्नका लागि आवश्यक उर्जा स्मार्टफोनबाटै समेत प्राप्त हुन्छ । यो डिभाइस्लाई अडियो ज्याक जस्तै गरी स्मार्टफोनमा जोड्न सकिन्छ ।
यो डिभाइसको पहिलो परीक्षणका रुपमा रुवान्डाका ९६ जना एड्सरोगीको रगत परीक्षण गरिएको थियो ।गा

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

मङ्लबार, अशोज २२, २०८१