हटियाले विद्यार्थीको पढाइ चौपट

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२६ माघ २०७१, सोमबार ११:२८

काठमाडौँ,२६ माघ । इलामका थुप्रै विद्यालयहरुको पठनपाठन स्थानीय हटियाका कारण प्रभावित हुन पुगेको छ । कुनै स्थानमा आइतबार र कुनैमा बुधबार कक्षा प्रभावित हुने गरेको छ । विद्यालय निरीक्षक द्रोण पोखरेल सूर्योदय नगरपालकिामा रहेको पुष्य स्मारक निमाविमा अपरान्ह पुग्दा विद्यालय बन्द भएको देखेपपछि आश्चर्य माने । सोध्दै जाँदा आइतबारे हटियाका कारण सो hatiyaविद्यालय अपरान्हमा बिदा हुने गरेको थाहा पाए ।

तीन चार पटक आइतबार विद्यालयमा अनुगमनका लागि त्यस विद्यालयमा पुग्दा विद्यालय विहान सञ्चालन हुने गरेको जानकारी पाए विनि पोखरेलले । आइतबार विहान पढाइ हुने भए पनि हटियाका कारण पूरा समय पठनपाठन नहुने गरेको उनले फेला पारे । आइतबारे हटियाको दिन लक्ष्मीपुरको ज्योति माध्यमिक विद्यालयमा पनि विहानै कक्षा सञ्चालन गर्ने गरिएको छ ।
नवीन प्रगति प्रावि, आदर्श निमावि, महमाइ निमावि, दृपादेवी प्रावि, रत्नलक्ष्मी निमावि, देउराली प्रावि लगायतका विद्यालयहरु हटियाका दिन की बन्द गरिन्छ कि विहानै कक्षा सञ्चालन गरेर छिटै विदा दिने गरिन्छ ।
भानुभक्त उमावि, भगवती उमावि, रुद्र निमावि, कालिका प्रावि लगायतमा वुधबार आधा दिन मात्र कक्षा सञ्चालन हुने गरेको छ । ती विद्यालय भएको क्षेत्रमा बुधबारे हटिया लाग्ने गरेको छ ।
जिल्ला शिक्षा अधिकारी टंक गौतमले हटियाका दिन आधा समय विद्यालय सञ्चालन गर्ने परम्परालाई हटाउन परिपत्र गरिएको जानकारी दिए ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बुधबार, कार्तिक ७, २०८१