समर्थक र प्रहरीबीचको भिडन्तमा कम्तिमा २० जनाको मृत्यू

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२६ माघ २०७१, सोमबार ११:०१

इजिप्ट,२६ माघ । मध्यपूर्वी मुलुक इजिप्टकोे राजधानी कायरोस्थित एक रंगशालाबाहिर फुटवल समर्थक र इजिप्ट प्रहरीबीच भएका झडपमा कम्तिमा २२ jjjफुटवल समर्थकका ज्यान गएको छ । बिनाटिकट रंगशाला प्रबेश गर्न खाज्नेमाथि प्रहरीले रोक लगाउदा आक्राशित समर्थक र प्रहरीबीच झडप भएको हो । इजिप्टका राष्ट्रिय लिग अन्तर्गतको खेलमा राजधानी कायरोको एयर डिफेन्स रगशाला बाहिर जामालेक फुटवल क्लबका समर्थक बिना टिकट रंगशाला प्रबेश गर्न लागेपछि प्रहरीले बल प्रयोग गरेको थियो । प्रहरीले आक्रोशित भिडलाई तितरवितर पार्न अश्रुग्यासका प्रयोग गरे्को थियो । घटनामा दुई दर्जनभन्दा बढि घाईते भएका छन । घटनापछि इजिप्ट सरकारले राष्ट्रिय लिग च्याम्पियनसिप स्थगित गरको छ । तर आइतबारको खेल भने सुचारु गरिएको थियो । यसअघि सन् २०१२ मा पनि फुटवल खेलका दौरान भएका हिंसामा इजिप्टमा ७० जनाको ज्यान गएको थियो । इजिप्टमा सन् २०११ मा पूर्व शाशक होस्नी मुबारकलाई सत्ताच्यूत गर्न फुटवल समर्थकले महत्वपूर्ण भुमिका निर्वाह गरेका थिए । इजिप्ट सरकारले घटनाको अनुसन्धान सुरु गरको बताएको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, पुस १३, २०८१