एकै बेतमा चार बाछा

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२६ माघ २०७१, सोमबार १०:५६

विराटनगर, २६ माघ । एउटा गाइले एकै बेतमा कति वटासम्म बच्चा पाउन सक्छ ?, एउटा, दुइटा वा तीन वटा तर विरलै मात्र देख्न पाइने एउटा गाइले एकै बेतमा ४ वटा बाछा जन्माएर सबैलाई चकित पारेको छ । विराटनगर जतुवास्थ्ति यादवचोकका किसान गुनाई यादवले पालेको गाइले तेश्रो बेतमा एकैपटक ४ वटा बाछा जन्माएको छ । यसअघि २ पटक ब्याएको गाइले प्रत्येक पटक एक एक वटा बाछा पाएको थियो । तर तेश्रो पटकको बेतमा भने एकै पटbachhaक ४ वटा बाच्छा पाएको छ । जन्मिएका बाच्छामध्ये तीनवटा स्वस्थ्य रहेपनि एउटा बाच्छो भने जन्मिएको १० मिनेटमै मरेको थियो । गाइलाई प्रसव पीडा शुरु भएपछि गाइधनी यादवले पसु स्वास्थ्यका बारेमा जानकार स्थानिय एक जनालाई ल्याएर गाइलाई प्रसव गराएका थिए । एकैपटक चारवटा बाच्छो जन्मिएको हल्ला फैलिएपछि स्थानिय केहिले भने राम, लक्ष्मण, भरत र सत्रुघ्नको जन्म भएको भन्दै श्रद्धासमेत व्यक्त गरेका थिए । स्थानीय बिष्णुदेव यादवले भने गाइले ४ वटा बच्चा जन्माएको आफुले पहिलो पटक देखेको बताए । जिल्ला पशु सेवा कार्यालय विराटनगरका पशु चिकित्सक रामनारायण साहले गाइले ४ वटा बच्चा पाउनु दुर्लभ घटना भएपनि आश्चर्यजनक भने नरहेको बताउनुभयो । एकै बेतमा कुनै गाइले २ वटासम्म बच्चा पाउनु सामान्य भएपनि ४ वटा बच्चा पाएको बिषयलाई स्थानीयले आश्चर्यजनक बिषयकोरुपमा हेरिरहेका छन् । गाइधनी गुनाई यादवको घरमा यतिखेर गाइ र बाच्छो हेर्नेको भीड लागेको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

मङ्लबार, अशोज २२, २०८१