बिल्वाओ बिरुद्ध पाँच दुई गोल अन्तरको शानदार जित

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२६ माघ २०७१, सोमबार १०:४४

एजेन्सी,२६ माघ । स्पे्निस फुटवल प्रतियोगिता ला लिगा अन्तर्गत दोस्रो स्थानको बार्सिलोनाले दश खेलाडीमा सिमित एथ्लेटिको बिल्वाओ बिरुद्ध पाँच दुई गोल अन्तरको शानदार जित आत्मसाथ गरेको छ । जितसंगै बार्सिलोनाले लिगको शीर्ष स्थानमा रहेको रियल म्याड्रिडसंगको दुरी एक अंकमा झारेको छ । आइतबार राति d0781aab6107ab09663a5b35f9583041_XLभएको खेलमा स्टरा खेलाडी लियोनल मेसीको प्रेरणादायी प्रदर्शनसंगै बार्सिलोनाले एथ्लेटिको बिल्वाओलाई पाँच दुई गोलअन्तरले हराउन सफल भयो । खेलमा मेसीले एक गोल गरेभने दुई गोलको लागि सहयोग गरेका थिए । खेलको १५ औं मिनेटमा मेसीको गोलमार्फत अग्रता लियो । २६ औं मिनेटमा मेसीकै पासमा लुईस स्वारेजले गोल गरेभने ६२ औं मिनेटमा बिल्वाओका डी मार्कोसले आत्मधाती गोल गर्दा त्यसको दुई मिनेटपछि नेईमारले बार्साका लागि अर्को गोल थपे । खेलको ७५ औं मिनेटमा डिफेण्डर एक्जेइटा रातो कार्ड खादै मैदान बाहिरिएपछि विल्वाओ १० खेलाडीमा समेटिएको थियो । त्यसको फाइदा उठाउदै खेलको ८६ औं मिनेटमा पेड्रोले बार्साका लागि अर्को गोल गरे । बिल्वाओका लागि खेलको ५९ औं मिनेटमा मिकेल रिको र ६६ औं मिनेटमा एडुरिजले एक एक गोल गरेका थिए । जितसंगै बार्सिलोनाले लिगमा सम्पन्न २द्द खेलबाट ५३ अंक भएको छ भने शीर्ष स्थानको रियलको समान खेलबाट ५४ अंक छ । रियल शनिबार सम्पन्न खेलमा तेस्रो स्थानको एथ्लेटिको म्याड्रिडसंग चार शून्य गोलले निराश बनेको थियो । तेस्रो स्थानको एएथ्लेटिकोको ५० अंक छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

मङ्लबार, अशोज २२, २०८१