दक्ष चिकित्सक एवंकुशल ब्यवस्थापक डा.केशब पौडेल

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२६ माघ २०७१, सोमबार ०७:४८

एन्आरएन् एन् सी सी एन् अमेरिकाकोआगामी निर्बाचनका अध्यक्ष पद्का प्रत्यासी डा.केशव पौडेल पेशाले चिकीत्सक हुन भने प्रशासनमा पनी कुशल ब्यबस्थापक ठानिन्छन।
हाल न्यु म्याक्सिको स्थित लभलेस हेल्थ सिस्टममा निर्देशक पदमा कार्यरत डा.पौडेलअमेरिकन कलेज अफ फिजिसियन र सोसाईटी अफ हस्पिटल मेडिसिनको फेलोको रुपमा क्रियाशील रहेका छन्।
२०४६ सालमा महीन्द्री मा.वि. तनहुबाट एसएलसी पास गरेका पौडेल स्कुल को पढाईमा सधै सर्बप्रथम हुने गर्दथे।
तनहु जिल्ला सतिश्वारा गाविस ९ मा साधारण परिवारमा जन्मिएका पौडेल सानैदेखी समाजसेव प्रतिपनी उत्तीकै चाख रख्दथे । तेसैले होला उनी स्कुल पढ्दानै जुनीयर रेडक्रस का सभापती भइ दुई वर्ष काम गरे।तेसो त सनैदेखी मिजासीला शोभावका उनी हरेक अतिरिक्त कृयाकलापमा पनी प्रथमनै हुने गर्दथे।
उच्च शिक्षाका लागी राजधानी लागे पछी पनी डा.पौडेलले अध्ययन,राजनिती र समाज सेवालाई संगसगै अगाडी वढाए।क्याम्पस स्तरमा विद्यार्थी संगठनका विभिन्न तहमा रही हरेक संघर्ष र चुनौतीहरुको सामना गर्दै सफल नेतृत्व र सक्षम विद्धर्थीको पहीचान पनी नबनाएका होईनन् उनले।
त्रि.वि.वि. चिकित्सा शास्त्र अध्ययन संस्थानको स्वतन्त्र विद्यार्थी यूनियनको सभापती ,फ्याकल्टी बोर्ड विद्यार्थी प्रतिनिधि, प्राविधिक विाद्यार्थी संघको अध्यक्ष तथा नेपाल विद्यार्थी संघको निर्वाचित केन्द्रिय सदस्यको सफल भुमिका निर्वाह गरेको अनुभवहरू उनी संग अझै ताजा छन्।

अमेरिका प्रवेश पश्चात नेपाली जनसम्पर्क समितिको संस्थापक सदस्य रहेका डा. पौडेल विभिन्न सामाजिक संस्थाहरुमा नेतृत्वदायी भूमिका निर्वाह गर्दै आएका छन्।उनको परोपकारी भावनाले गर्दा नै आज अमेरीका भरी सबै नेपालीहरूको विच सरल समाजसेवी को रूपमा सुपरीचित छन्।
कुनैपनी काम अफैमा सनो हुदैन, त्यस काम प्रर्तीको निरन्तरतालेनै मनिसले सफलता पाउछ भन्ने मान्यता रख्ने पौडेलले यसपटकको एन् आर एन् को निर्वाचन मा अध्यक्ष मा आफु विजय हुने बलियो आधार पनी संस्था प्रतिको आफुले दीएको निरन्तरता नै हो भन्दछन्।
युनिभरसीटी अफ टेनेसी- नक्स भ्यु बाट ब्यवस्थापनमा पनी मास्टर्स गरीसकेका पौडेले आफ्नो पेशामा लगनशीलताको प्रतिफल स्वरुप २००३ सालमा त्रि.वि.वि. शिक्षण अस्पतालको वर्षको सर्वोकृष्ठ मेडिकल अफिसर तथा अपस्टेट मेडिकल यूनिर्भसिटी, न्यूयोर्कको उत्कृष्ठ अटेन्डिड्ड अवार्ड समेत प्राप्त गरीसकेका छन् ।

त्यसोत अमेरिकाको मन्टिफियोर मेडिकल सेन्टर न्यूर्योकबाट पोष्ट ग्रयाजुयसन गरी ,सुनी अपस्टेट मेडिकल यूनिर्भसिटी विड्डह्याम्टन क्याम्पसमा चार वर्ष प्रध्यापन गरेको अनुभव पनी छ उनमा।
दोहोरो नागरीकता,शुरक्षित लगानी,सम्पतिको दोहोरो भोगचलन र अरू अहीलेको कमीटीले गर्न नभ्याएका कामहरूको निरन्तरता दीनुको सथै नेपालमा रम्रोक्षेत्र पहीचान गरी एन्आरएन् मा संमगलग्न सम्पुर्ण सदस्यहरूलाई लगानी गर्नसक्ने वातावरण बनाउने उदेश्यका साथ आफुले अध्यक्षमा उम्मेदवारी दीएको वताउदछन्।
अहीलेको एन् आर एन् ले गरेका कामहरूको मुक्तकण्ठळे प्रशसा गर्दछन र थप्दछन् खगेन्द्र जिसी मेरो आदरणीय दाजु हुनुहुन्छ उहँालाई पहीलो चुनावमा असजीलो अबस्थामा उहाकै आग्रहमा आफ्नो उपाध्यक्षकोउम्मेदवरी फीर्ता गरी सहयोग गर्नै पनी म नै हु, उहा वचनमा पक्का मान्छे हुनुहुन्छ ,म र उहा एउटै पारीवारीक मान्छे हौ यस पटक उहाले मलाई सहयोग गर्नुहुन्छ भन्नेमा म पुर्ण विश्वासमा छन्।
धैरै प्रत्यासी विच घनीभुत छलफलमा व्यस्त रहेका डा.पौडेल ले आफ्नो दक्ष एवं चिकीत्सकीय विषेशज्ञाता थाती रख्दै ब्यबस्थापकीय जिम्मेवरी पनी कुशलता पुर्वक निर्बाह गर्नेछन्।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, पुस १३, २०८१