बन्दिपुर,२५ माघ । पर्यटकीय क्षेत्रका रुपमा परिचित ऐतिहासिक स्थल बन्दिपुरमा पर्यटकको आगमन बर्सेनि बढ्दै गएको छ ।
सन् २०१४ मा एक लाख १२ हजार पर्यटक बन्दिपुर घुम्न आएको बन्दिपुर पर्यटन विकास समितिका अध्यक्ष वैश गुरुङले जानकारी गराए । ती पर्यटकमध्ये ९० हजार आन्तरिक र २२ हजार बाह्य पर्यटक थिए । त्यसमा आठ हजार भारतीय पर्यटक थिए । त्यसैगरी सन् २०१३ मा एक लाख पर्यटकले बन्दिपुर घुमेको तथ्याङ्क रहेको अध्यक्ष गुरुङले जानकारी दिए । हाल दैनिक २÷३ सयको हाराहारीमा पर्यटक घुम्न आउने गरेको समितिले जनाएको छ ।
उक्त क्षेत्रमा पुराना शैलीका करिब दुई दर्जनभन्दा बढी होटल रहेका छन् । खान र बस्नको लागि राम्रो व्यवस्था हुनुका साथै यस क्षेत्रबाट अन्नपूर्ण, धौलागिरि लगायतका मनोरम हिमशृङ्खला एवंंम् हरियाली सजिलै देख्न सकिने भएकाले पनि पर्यटकको आकर्षण बढेको हो ।
प्रतिक्रिया