गिनीको फुटवल संघलाई एक लाख डलर जरिवाना

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२५ माघ २०७१, आईतवार १३:०९

एजेन्सी,२५ माघ । अफ्रिकन अप अफ नेशन अन्तरगत बिहिबार भएको दोस्रो सेमिफाइनलमा घाना बिरुद्ध आयोजक गिनीका समर्थकले रंगशालामा गरेको अमर्यादित क्रियापलाप प्रति अफ्रिकन फुटवल एशोशिसनले खेद ब्यक्त गर्दै गिनीको फुटवल संघलाई एक लाख डलर जरिवाना गरेको छ । कन्फेडेरेशन अफ अफ्रिकन फुटवल काफले शुक्रबार बिज्ञप्ती जारी गर्दै अफ्रिकन कप अफ नेशनको आयोजक गिनीलाई भविश्यमा यस्ता गतिविधि दोहोरिने वातावरण बन्न नदिन mmmmसमेत सुझाएको छ । त्यस्तै काफले शनिबार गिनी र कंगोबीच प्रतियोगिताको तेस्रो स्थानको लागि हुने खेल रंगशाला खालि गरेर खेलाउन पनि निर्देशन दिएको छ । बिहिबारको घटनामा घाईते भएका ४१ समर्थकको उपचारको ब्यबस्था गिनीले गर्नुपर्नेछ । यसैबीच अफ्रिकन नेशन्स कपको आयोजनाको जिम्मा पाएको मोरक्कोले आगामी प्रतियोगिताका लागि प्रतिबन्धमा परेको छ । यो बर्षको अफ्रिकन नेशन्स कपको अन्तिम चरण आयोजना गर्ने निर्णय गरेर अधिकार प्राप्त गरिसकेपछि सो निर्णय फिर्ता लिएपछि मोरक्को सो कारवाहीमा परेको हो । कारवाहीका कारण मोरक्कोले आगामी दुई संस्करणमा भाग लिन जनाउन पाउनेछैन । अफिकन मुलुकमा रहेको इबोला भाइसरको खतराका कारण मोरक्कोले यस्तो निर्णय लिएको थियो । मोरक्कोले इबोलाको उन्मुलन भएपछि आयोजना गर्न पाउने गरी अफ्रिकन फुटबल महासंघमा दिएको निवेदन बहिस्कार गरिएको थियो । जसका कारण मोरक्कोको फुटबल संघलाई एक मिलियन अमेरिकी १० लाख अमेरिकी डलर जरिवाना गराएको छ । अफ्रिकन फुटबल महासंघ र उसका साझेदारमाथि परेको घाटाको भरपाई स्वरुप ९१ लाख २० हजार अमेरिकी डलर थप जरिवाना गराएको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

मङ्लबार, अशोज २२, २०८१