एजेन्सी,२५ माघ । यदि तपाईं मोबाइल फोनमा गेम खेल्ने शौखिन हुनुहुन्छ र निकै राम्रो प्रोसेसिङ स्पिड भएको स्मार्टफोन कम मूल्यमा लिने सोच बनाउँदै हुनुहुन्छ भने तपाईंको प्रतिक्षाको घडि समाप्त भएको छ । जोलोले आफ्नो नयाँ स्मार्टफोन जोलो प्ले डएक्स लिएर आएको छ । कम्पनीले यो फोनमा १.४ गीगाहर्ज अक्टाकोर प्रोसेसर र जीबि र्याम दिइएको जसका कारण यो कहिल्यै ह्याङ्ग नहुने बताइएको छ । यसलाई १५, ५३३ को प्रतिस्पर्धात्मक मूल्य तोकेको छ । कम्पनीको आधिकारीक फेसबुक पेजका अनुसार जोलो प्ले ८ एक्स–१०२० एन्ड्रोइड ४.४ किटक्याट ओएसमा काम गर्ने गर्दछ जसमा दुईवटा सिम राख्ने सकिनेछ । यो फोनमा ५ इन्चको एचडी आइपीइस डिस्प्ले स्क्रिन राखिएको छ । यो एउटा थ्रीजी फोनमा हो जुन २जी नेटवर्कमा पनि काम गर्ने बताइएको छ । कम्पनीले यसलाई शानदार क्यामरा भएको स्मार्टफोनको संज्ञा दिएको छ । यो फोनमा ८ जीबि इन्टरनल मेमोरी दिइएको छ भने एक्सटरनल मेमोरीको हकमा ३२ जीबिसम्मको मेमोरीकार्ड सपोर्ट गर्ने बताइएको छ । यसमा २५०० एमएएचको ठूलो ब्याटिङ राखिएको छ ।
प्रतिक्रिया