केजरीवाल दिल्लीको मुख्य मन्त्री बन्ने अनुमान

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२५ माघ २०७१, आईतवार १२:४९

नयाँ दिल्ली, २५ माघ । नयाँदिल्लीमा शनिबार विधानसभा निर्वाचन सम्पन्न भएको छ । निर्वाचनलगत्तै विभिन्न संस्थाले गरेको गरेको सबै एक्जिट पोलमा आम आदमी पार्टीले दिल्लीमा सरकार बनाउन आवश्यक बहुमत प्राप्त गर्ने Arvind-Kejriwal2PTIदेखिएको छ । सर्बेक्षणका अनुसार दिल्लीमा आम आदमी पार्टी (आप) का संयोजक अरविन्द केजरीवाललाई ५३ प्रतिशत मतदाताले रुचाएका छन् । इन्डिया टुडेले गरेको सर्वेक्षणअनुसार आम आदमी पार्टीलाई ३५ देखि ४३ सिट मिल्न सक्नेछ । सोही सर्बेक्षणअनुसार भारतीय जनता पार्टी (भाजपा) लाई २३ देखि २९ सिट र कांग्रेसलाई ३ देखि ५ सिट मिल्नेछ । यसअघिको विधानसभा निर्वाचनभन्दा आपलाई ८ प्रतिशत बढी मत मिल्नसक्ने दिल्लीमा गरिएका सर्बेक्षणले जनाएका हुन् । त्यस्तै अन्य सर्वेक्षणमा पनि आपको कम्तीमा ३५ सिट आउने देखिएको छ । दिल्लीमा ७० सिटका लागि निर्वाचन भएको थियो । शनिबार भएको मतदानमा ६७.०८ प्रतिशत मतदान भएको निर्वाचन आयोगले जनाएको छ। सबैभन्दा बढी उत्तर पूर्वी दिल्लीमा ६९.८७ प्रतिशत मतदान भएको छ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

आइतवार, जेष्ठ ६, २०८१