फागुन १ मा कर्णालीका विद्यार्थीका हातमा पुस्तक

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२५ माघ २०७१, आईतवार १२:३४

काठमाडौँ,२५ माघ । जनक शिक्षा सामग्री केन्द्रका मध्यमाञ्चल क्षेत्रीय प्रमुख booksरवीन्द्रकुमार शर्माले फागुन १ गते नै कर्णालीका विद्यार्थीका हातमा पाठ्यपुस्तक पुग्ने दावी गर्नुभएको छ ।

जुम्लामा पुग्नुभएका उहाँले कर्णालीका चार वटै जिल्लामा जनक शिक्षाले अस्थायी डिपो खोलेको र त्यसमार्फत् पाठ्यपुस्तक विक्री सुरु गरिएको जानकारी दिनुभयो । यसअघि साझा प्रकाशन र स्थानीय विक्रेताले कर्णालीमा पाठ्यपुस्तक समयमा नपु¥याउँदा हाहाकार हुने गरेको थियो । यसपटकबाट जनक शिक्षा आफैले जिल्ला सदरमुकामसम्म पाठ्यपुस्तक पु¥याएको छ ।
उहाँले जनक शिक्षाले कक्षा ६ देखि १० सम्मका मात्र पाठ्यपुस्तक विक्री गरिने स्पष्ट गर्नुभयो । कक्षा १ देखि ५ सम्मका पाठ्यपुस्तक निजी प्रकाशकले छापेका विक्री गरिनेछ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, जेष्ठ ५, २०८१