सौन्दर्यका लागि ठमेलमा रियल थेरापी

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२५ माघ २०७१, आईतवार ०७:३८

the-real-therapy-ofuro

काठमाडौं, २५  माघ  । काठमाडौंको ठमेल विदेशी तथा नेपाली पर्यटकहरुका लागि लोकप्रिय थलो हो । जहाँ पर्यटकहरुका लागि लक्षित गर्दै बिभिन्न संघसंस्था क्रियाशिल छन् भने पर्यटक लक्षित विक्री वितरणका सामाग्रीहरुको केन्द्र राखिएका छन् । यही ठमेलको मध्यभागमा विगत १२ बर्षदेखि निरन्तर सञ्चालनमा रहेको छ, रियल थेरापी एण्ड ब्युटी प्वाइन्ट । जसले, विदेशी पर्यटकहरुलाई आकर्षित गरिरहेको छ, नेपाली ग्राहकलाई सन्तुष्टि दिइरहेको छ । हेल्थ रिल्याक्सेसन, ग्यामर र पर्यटन क्षेत्रमा स्पा भनेको पूरानो संसार मानिन्छ । यस भित्र सयौंको संख्यामा आनन्द, मनोरञ्जन र बाहिरी आवरणको हेरचाह प्रविधि रहेको पाइन्छ । जहाँ मानिसको उमेर अनुसार स्पा विधिमा फरक अनुभूति पाउन सकिन्छ । यसैगरी शरीरको हरेक भागलाई विभाजन गरेर स्पा गर्न सकिन्छ । जसमा हेयर, फेस, नेक, आइ, फुट, नेल, स्कीन, बडी आदि स्पा जस्ता नामहरु सुन्न सकिन्छ ।

नेपालमा आजभन्दा करीब १८।२० वर्ष अगाडिदेखि स्पा र थेरापी चलनचल्तीमा आएको पाइन्छ । यसै मध्ये ठमेलमा संचालित रियल थेरापी एण्ड व्यूटी प्वाइन्ट भनेर नाम दिइ सन् २००२ बाट संचालनमा आएको हो ।  रियल थेरापी एण्ड ब्युटी प्वाइन्टका सञ्चालक भवि शर्मा नेपाली तथा विदेशी पर्यटकलाई लक्षित गर्दै आफ्नो संस्था अघि बढेको दावी गर्नुभएको छ । संचालक शर्मा भन्नुहुन्छ, ‘आफुले पर्यटन क्षेत्रमा काम गर्दा पर्यटकहरुले चाहेको सेवा सुविधालाई ध्यानमा राखेर रियल थेरापी एण्ड ब्युटी प्वाइन्ट सञ्चालनमा ल्याएको हो ।’

व्यवसायिक हिसावबाट हेर्दा नेपालमा स्पा कठिन कार्य भित्र पर्दछ । मानिसको हेराइमा नकरात्मक सोचका कारण यस व्यवसायलाई दीगो राख्न चुनौतीपूर्ण मानिन्छ । तर पनि मानिसमा आएको चेतनाका कारण यस व्यवसायले क्रमिक रुपमा आफ्नो स्थान पाउन थालेको बुझाइ रहेको छ ।

पदयात्रा, आरोहण र थकाइलाई आनन्दको अनुभूति दिन यस कार्यले सहयोग पु¥याएको पर्यटन व्यवसायीको भनाइ रहेको छ ।
यसरी नेपाली तथा विदेशी पर्यटकको मागलाई पूर्तिगर्न सफल रहँदै आएको रियल थेरापीले साउना बाथ, स्टीम बाथ, आर्युवेदिक मसाज, हटस्टोन मसाज, जाइन्ट पेनरिलिफ मसाज, रिल्याक्सेन मसाज, अक्कुप्रेसर थेरापी, स्ट्रेचिङ थेरापीका साथै व्यूटीपार्लर र सैलुन सेवा प्रदान गर्दै आएको छ । जसले नेपालमा पहिलो पटक अफुरो (हट स्प्रीङ वाटर) तातो पानीको कुण्ड शुरु गरेको दावी गर्दै आएको छ ।the-real-therapy5

एउटै स्थानमा ५० भन्दा बढी मासिसले पारिवारिक वातावरणमा सेवा लिने सबै भन्दा ठूलो स्पा भएको दावी गर्दछ– रियल थेरापीले ।
स्पाबाट मानसिक रुपमा रोगी, छिटो रिसाउँने, शारीरिक रुपमा अस्वस्थ आदि जस्ता रोग निर्मूल भएको पाइन्छ । शरीरलाई थकानबाट हटाइ फूर्तिलो बनाउन यसको भूमिका बढी मात्रामा देखिन्छ ।

यसै सम्बन्धमा रियल थेरापीका संचालक भवी शर्मासँग जिज्ञासा राख्दा उनी भन्दछन् – विदेशको यात्रा पछि मैले नेपालमा यो व्यवसाय गर्ने सोचाइ बनाए । विदेशमा यो व्यवसायलाई राम्रो नजरबाट हेर्ने गरिन्थ्यो र नेपालमा पनि यसले सेवा पु¥याउँन सक्छ भन्ने विश्वास रहयो ।

‘विदेशको अनुभवबाट मैले नेपाल मै यो व्यवसाय गर्ने निधो गरे’, शर्मा भन्दछन्, ‘त्यस बेला नेपालमा यस व्यवसायलाई हेर्ने दृष्टिकोण राम्रो थिएन ।’ ‘मलाई काम गर्दा फरक र गाह्रो काम मनपर्ने हुँदा यो व्यवसाय रोजे, अन्तमा सफल पनि भए’, उनले थपे । केही समयदेखि नेपाली तथा विदेशी पर्यटकका लागि नेपालमै पहिलो पटक ओफुरो सेवा पनि रियल थेरापी एण्ड ब्युटी प्वाइन्टमा उपलव्ध गराइएको छ । जसमा शारीरीक स्वास्थ्य र आनन्द प्राप्तिका लागि नेपाली तथा विदेशी पर्यटकहरु आकर्षित भएको सञ्चालक शर्माको भनाइ छ । भबिष्यमा अझै विशेष सेवाहरु ल्याएर विदेशी पर्यटकहरु भित्राउने सञ्चालक भवी शर्माको लक्ष्य रहेको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, जेष्ठ ५, २०८१