काठमाडौ ,२४ माघ । रोजगारीको अभावमा नेपाली युवायुवतीहरु विश्वमा बेचिन बाध्य भएका छन् । नेपालीहरु आकर्षक तलबको लोभमा विभिन्न मुलुकमा बेचिने गरेका हुन् । नेपालीहरुलाई त्यसरी विभिन्न मुलुकमा वेच्न नेपालीहरु नै सक्रिय हुने गरेका छन् ।
मासिक डेढ लाख तलब पाइने भएपछि धादिङका सुब्बा गुरुङले गत वर्ष भदौमा नेपाली सेनाको जागिर छाडेर विदेश जान कस्सिए । आफ्नै काकालाई चार लाख रुपैयाँ बुझाएर उनी नाइजेरिया जान तयार भए । नाइजेरिया त पुगे, तर पैसा कमाउने होइन, ज्यान बचउनै उनलाई मुश्किल पर्यो । महिनौ झुलाएपछि उनलाई जागिर होइन, समलिंगी बन्न प्रस्ताव गरियो । त्यहाँको एक होटलमा तीन महिना बन्धक बनाइएपछि उनी भागेर नेपाल फर्किए । नाइजेरिया काम गर्न उनीसँगै गएका १० जना बल्ला बल्ल ज्यान जोगाएर फर्किए ।
आकर्षक कमाइको सपनामा गुरुङजस्तै लाखौँ नेपाली युवायुवती अवैध रुपमा विश्वका विभिन्न देश पुग्ने गरेका छन् । तिनीहरुमध्ये युवती यौनका लागि र पूरुष श्रमका लागि बेचिने क्रम बढ्दो छ, नयाँ पत्रिकामा खबर छ ।
कुनै समय मानव तस्करी तथा बेचविखन भन्नेवित्तिकै नेपाली युवतीलाई फकाएर मुम्बई पुर्याएर बेचिने बुझिन्थ्यो । तर, अहिले मानवतस्करीको स्वरुप पनि फेरिएको छ । मुम्बई मात्र होइन, इरान अफगानिस्तानदेखि युरोप, अमेरिका तथा अफ्रिकी देशमा समेत नेपालीहरु बेचिन थालेका छन् ।
प्रहरी तथा अध्यागमका अनुसार पुरुषहरु अफ्रिका, इराक, थाइल्याण्ड, मकाउजस्ता देशमा अवैध रुपमा पुग्ने र श्रमका लागि बेचिने गरेका छन् ।
त्यस्तै, महिलाहरु मलेसिया तथा मध्यपूर्वी देशहरु कुवेत, ओमान, साउदी अरेयिबा, कतार, इजरायलजस्ता देशमा जान्छन् ।
प्रतिक्रिया