बालमैत्री बिद्यालय : भालुलाई पुराण

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२३ माघ २०७१, शुक्रबार १२:१५

सुदिप अधिकारी 

झापा, २३ माघ । तपाईहरुलाई सुन्दापनि अचम्म लाग्न सक्छ । हुन त आजका बालबालिकाहरू परिवर्तनका संवाहक हुन् । बालबालिका का“चो माटो सरह हुन्छ, उनीहरूलाई जुन आकारमा पनि ढाल्न सकिन्छ । तर नेपालको सन्दर्भमा कैयौं photoबालबालिकाहरू विद्यालय जानबाट वञ्चित छन् । गरिबीको कारणले आफ्ना छोराछोरीलाई शिक्षा दिक्षा दिन सकेको अवस्था छैन । यो विडम्बनाको कुरा हो । एकातिर बालबालिकाहरू पारिवारिक आर्थिक स्रोत कमजोर भएकाले विद्यालय जान सकेका छैनन् भने अर्कातिर बालबालिकाहरू शारीरिक यातनाबाट पीडित छन्। । यो नेपालजस्तो विकासोन्मुख राष्ट्रको प्रमुख समस्या हो । २०७१ साल माघ १७ गते झापामै पहिलो पटक बालमैत्री गाबिस घोषणाका लागि लखनपुर गाबिसमा बालबालिकाहरुले अभियाननै शुरु गरीसकेका छन् । सन् २०१८ सम्ममा लखनपुर गाविसलाई वालमैत्री गाविसका रुपमा घोषणा गर्ने योजनाका साथ अभियान सुरु गरिएको छ । एकातिर बालमैत्री गाबिसको अभियान सुरु भएको छ झापामा भने अर्कोतर्फ मोरङमा बिद्यार्थीमाथि निरन्तर रुपमा कुटपिटका श्रंखला बढीरहेका छन् । कँहा कहाँ के के भयो त यो हेर्नुहोस् —
घटना नम्बर १ —
मिति — २०७१ साल माघ १७ गते सनिबार
स्थान — झापाको लखनपुर गाबिस
के भयो — बालमैत्री गाबिस घोषणाका लागि अभियान सुरु
घटना नम्बर २ —
मिति — २०७१ साल माघ १४ गते बुधबार
स्थान — दिल्ली पब्लिक स्कूल बिराटनगर
पिटिएका बिद्यार्थीको नाम — रितिक गोयल
पिटिनुको कारण — लागू औषध नल्याएकोमा (यो बिद्यार्थी स्वयमले लगाएको आरोपमा आधारित)
बिद्यार्थी पिट्ने शिक्षकहरुको नाम — उदय, दिपेन्द्र ठाकुर, अभिशेष राज
घटना नम्बर ३ —
मिति — २०७१ साल माघ १९ गते सोमबार
स्थान — ज्ञान सागर ईङलिस बोर्डिङ स्कुल पोखरिया
पिटिएका बिद्यार्थीको नाम — अजय कुमार महथा
पिटिनुको कारण — गृहकार्य अर्कैले गरिदिएका कारण
बिद्यार्थी पिट्ने शिक्षकको नाम — बिनोद मण्डल
यसरी झापामा बालमैत्री गाबिस घोषणाको अभियान सुरु भईरहदा मोरङमा भने एकपछि अर्को गर्दै बिद्यार्थीमाथि निर्घात कुटपिटका घटना बाहिर आउन थालेका छन् । भए रहित शिक्षा भनेर सुरु गरिएको बालमैत्री बिद्यालयको अभियान ३ बर्ष बित्न लाग्दापनि भयसहित शिक्षा भईरहेको छ । यस्तो अवस्थामा कुन अभिभाबकले आफ्ना छोराछोरी पैषा तिरि तिरि शिक्षकलाई पिट्नका लागि बिद्यालयमा सुम्पेला र ? बिद्यार्थीले गल्ती गरे सम्झाई बुझाई गर्नु त कता हो कता , उल्टै पिटाईको सिकार बन्नु परेको छ बिद्यार्थीहरु । यस्तो पाराले त भएननी अब । कि यहि नै भएरहित शिक्षा । यो त नाङ्लो ठटाएर हात्ती तर्साएजस्तो भएनन र ? जवाफ दिनुपर्यो नि सरोकारवाला निकायहरुले । बिद्यार्थी पिट्ने महान गुरुज्यूहरुलाई बिद्यार्थीले के उपमा दिने त अब ? त्योपनि सरोकारवाला निकायले छुट्ट्याईदिने हो कि ?

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बुधबार, कार्तिक ७, २०८१