नेपाली विद्यार्थीलाई नेपालमै इन्टर्नसीप

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२३ माघ २०७१, शुक्रबार ११:३३

काठमाडौँ,२३ माघ । सरकारी छात्रवृत्तिमा चीनमा एमबीबीएस अध्ययन गरेका नेपाली विद्यार्थीले स्वदेशमै इन्टर्नसीप गर्न पाउने भएका छन् । मन्त्रिपरिषद्को eduसामाजिक समितिले चीनमा एमबीबीएस अध्ययन पूरा गरेपछि एक वर्ष नेपालमै इन्टर्नसीप गर्न पाउने निर्णय गरेको हो ।

शिक्षा मन्त्रालयको छात्रवृत्तिमा चीनमा गई अध्ययन गरेका ३५ जना विद्यार्थीहरुले नेपालमा इन्टर्नसीप गर्न नपाएपछि उनीहरुलाई समस्या परेको थियो । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव शान्तराज सुवेदीले चीनबाट एमबीबीएस पूरा गरेर आएकाहरुलाई ती विद्यार्थीलाई इन्टर्नसीप गर्न नदिनु न्यायसंगत नभएको बताउँदै निर्णय कार्यान्वयनको जिम्मा नेपाल मेडिकल काउन्सिललाई दिइएको जानकारी दिनुभयो ।
नेपालबाट एमबीबीएसका लागि चीनमा बर्सेनि सरदर चार सय विद्यार्थी जाने गरेका छन् । नेपाली विद्यार्थीहरु चीनका सरकारी मेडिकल कलेज तथा विश्वविद्यालयमा भर्ना हुने गरेका छन् । छ वर्षे एमबीबीएस अध्ययनका लागि चीन तुलनात्मक रुपमा सस्तो मुलुक मानिन्छ । त्यसैले नेपाली विद्यार्थीहरु त्यहाँ जाने गरेका छन् ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बुधबार, कार्तिक ७, २०८१