आमाको कारण बच्चाहरुमा मोटोपनको खतरा

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२३ माघ २०७१, शुक्रबार ११:०७

लण्डन – आमाको अनियमित जीवनशैली बच्चाहरुको मोटोपनको कारण बन्ने सक्ने एक नयाँ अध्ययनले बताएको छ । गर्भवती भइसकेपछिको जीवनशैली मात्र नभई गर्भवती हुनुपूर्वको आमाको जीवनशैली बच्चाहरुको तौल र शारिरिक बनावटलाई प्रभावित गर्न सक्ने बताइएको छ । ब्रिटेनमा युनिभर्सिटी अफ साउथौम्पटनका मुख्य शोधकर्ता सियान रबिनसनले नयाँ अनुसन्धानलाई उद्धृत 123गर्दै भने, ‘सुरुवाती अवस्थादेखि नै मोटोपना रोक्नको कोशिस गर्न आवश्यक छ, यसको लागि बच्चाहरुले मात्र नभइकन आमाले पनि आफ्नो राम्रो जीवनशैली अपनाएको हुनुपर्छ । यहाँसम्म कि गर्भवती हुनुभन्दा पहिलेदेखि नै । ’
उक्त अनुसन्धानका अनुसार शोधकर्ताहरुले बच्चाहरुमा मोटोपनाका लागि जिम्मेवार पाँच कारणहरुमाथि ध्यान केन्द्रित गरेको छ जसमा एक महिनाभन्दा कम समयका लागि स्तनपान सँगै आमासँग जोडिएको अन्य चार कारणहरु पनि रहेका छन् । यसमा गर्भावस्थाको दौरान मोटोपना, तौल अत्यधिक बढ्नु, धुम्रपान गर्नु र भिटामिन डीको कमी संलगन रहेको छन् ।

जो बालकहरु चार वा पाँचमध्ये कुनै एक कारणसँग कुनै न कुनै रुपमा प्रभावित भएका छन् त्यस्ता बालकहरु अरु बच्चाको तुलनामा निकै मोटो हुने अनुसन्धानले निष्कर्ष निकालेको छ । ६ वर्षको बच्चाहरुमा यो खतर अझ बढि पाइ । यस्ता बच्चाहरुमा मोटोपनाको खतरा ४.६५ गुणा बढि पाइयो । उक्त अनुसन्धानमा बच्चाहरुमा मोटोपनको खतरमा उनीहरुको खानपीन र शारिरिक गतिविधिहरुसँग जोडिएर हेरिएको थिएन । अनुसन्धानकर्ताहरुले ९९१ बच्चाहरुमाथिको अध्ययनपश्चात यो नतिजा निकालेका हुन् । यो शोध ‘द अमेरिकन जर्नल अफ क्लिनिकल न्युट्रिशन’ मा प्रकाशित भएको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, जेष्ठ ५, २०८१