टेलिकमले नेपाली क्रिकेट टिमलाई प्रायोजन गर्दै

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२३ माघ २०७१, शुक्रबार १०:४९

काठमाडौं, २३ माघ । नेपाल टेलिकमले नेपाली राष्ट्रिय क्रिकेट टिमलाई प्रायोजन गर्ने भएको छ । झण्डै १ वर्षदेखि प्रायोजकबिहीन रहेको नेपाली क्रिकेट टिमलाई टेलिकमले ३ वर्षे प्रयोजन गर्ने तयारी गरेको हो । टेलिकमको वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रममा प्रवन्ध निर्देशक बुद्धि अर्यालयले नेपाली क्रिकेट टिमलाई प्रयोजन गर्ने निर्णय भएको बताए । यद्यपी अन्तिम सम्झौता भने भइसकेको छैन । यता क्यान स्रोतले पनि टेलिntcकमसँग प्रायोजन सम्झौता हुन लागेको स्वीकारेको छ ।

पछिल्लो समय अन्तराष्ट्रिय स्तरमा नेपाली क्रिकेट टिमको सानदार प्रदर्शन पछि नेपालमा क्रिकेटलाई हेर्ने नजर फेरिँदै गएको छ । सरकारले पनि क्रिकेटलाई विशेष चासोका साथ हेरिरहेका बेला सरकारी संस्थान र ठूला ब्यापारिक घरानाहरु पनि क्रिकेटमा लगानी गर्न तयार हुन थालेका छन् ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

मङ्लबार, अशोज २२, २०८१