मानवरहित हेलिकप्टर नेपाली आकाशमा उडेपछी…?

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२३ माघ २०७१, शुक्रबार ०८:०७

कपिलबस्तु,२३ माघ  । मानवरहित हेलिकप्टर नेपाली आकाशमा उडेपछी…सवै अचम्मित भएका छन् ।

 तिलौराकोट दरवारमाथि मानिसै नभएको हेलिकप्टर आकासमा उडेको देख्दा यहाँका स्थानीयहरु अचम्मित भए । यो हेलिकप्टर कुनै केटाकेटीले खेल्नका लागि उडाएको हेलिकप्टर थिएन । यो हेलिकप्टर विज्ञहरुको टोलीले नै उडाएको हेलिकप्टर थियो । बुधवारको दिन तिलौराकोट दरवार र यसको आसपासको पुरातात्विक सम्पदाको तस्वीर कैद गर्न मानवरहित हेलिकप्टर उडाइएको हो । पोल्याण्डका नागरिकले बेलायतमा पढेर
बनाएको मानवरहित हेलिकप्टर यहाँको पुरातात्विक सम्पदालाई क्यामरामा कैद गर्न यो हेलिकप्टर उडाइएको थियो । जुन हेलिकप्टरमा क्यामरा जडान गरी तस्वीर कैद गरियो । सय मिटर उचाइमा उडेको यो हेलिकप्टरबाट केन्द्रबिन्दुबाट ५ सय मिटरसम्मको फराकिलो तस्वीर क्यामरामा खिच्न मिल्छ ।
कसरी उडाइन्छ हेलिकप्टर ?
हेलिकप्टरमा भएको कन्ट्रोल प्लेट रिमोटबाट चलाइन्छ यसले गर्दा रिमोटबाटै हेलिकप्टर कन्ट्रोलमा रहन्छ । उडाउनुअघि हेलिकप्टरमा क्यामरा जडिन्छ र हेलिकप्टरमा रहेको क्यामराले तलको सबै भाग कैद गर्छ । क्यामराले कैद गरेको भाग तल राखिएको कम्प्युटरबाट हेर्न सकिन्छ । यसको ६ वटा पंखा र ४ वटा खुट्टा हुन्छ । कम्प्युटरकृत यो डिजिटल प्रविधि विकसित देशहरुमा सामान्य बने पनि नेपालका लागि भने नौलो प्रविधि हो ।

किन खिचियो तस्वीर ?
तिलौराकोट क्षेत्रको गुरुयोजना तयार गर्ने र सौन्दर्यको तस्वीर देखाएर पर्यटक आकर्षित गर्न तस्वीर खिचिएको लुम्बिनी विकास कोषका पुरातत्व अधिकृत हिमाल उप्रेतीले बताए ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बुधबार, अशोज २३, २०८१