एकराजलाई बाल सुवोधिनी निमावि उत्कृष्ट शिक्षा पत्रकारिता पुरस्कार प्रदान

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२१ माघ २०७१, बुधबार १६:१५

दुहागढी, २१ माघ। पत्रकार एकराज गिरीलाई यस वर्षको बाल सुवोधिनी निमावि उत्कृष्ट शिक्षा पत्रकारिता पुरस्कार प्रदान गरिएको छ । यसैवर्ष स्थापित पाँच हजार रुपैया राशी र सम्मानपत्र सहितको उक्त पुरस्कार आज बुधबार विद्यालयको ४७ औं वार्षिकोत्सवका अवसरमा पत्रकार गिरीलाई प्रदान गरिएको aakrajप्रधानाध्यापक विश्व थापाले बताए । पत्रकार महासंघ झापाका सचिव समेत रहेका पत्रकार गिरीलाई उक्त पुरस्कार कार्यक्रमका प्रमुख अतिथि शिक्षा कार्यालयका उप सचिव उद्धव विष्टले प्रदान गरे । पत्रकार गिरी पूर्वाञ्चल दैनिकको कार्यकारी सम्पादक र रेडियो नेपालका झापा संवाददाता हुन् ।

झापाको दुहागढी ७ स्थित उक्त विद्यालयका अध्यक्ष प्रेकप्रसाद मिश्रको अध्यक्षतामा भएको समारोहमा विद्यालयको गतिविधिबारे प्रधानाध्यापक विश्व थापाले प्रतिवेदन प्रस्तुत गरेका थिए ।  कार्यक्रममा प्रमुख अतिथि विष्ट,नेपाल शिक्षक युनियनका अध्यक्ष तेजप्रसाद चौलागाई, काकरभिट्टाका स्रोत व्यक्ति लोकबहादुर दाहाल,आदर्श उमावि इटाभट्टाका प्राचार्य हेम खड्का लगायतले विद्यालय नमूना र जिल्लाकै उत्कृष्ट बनेको भन्दै प्रसंशा गरेका थिए ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बुधबार, कार्तिक ७, २०८१