काठमाडौं, २१ माघ । तपाईं भारतीय क्रिकेट टिम, खासगरी सिक्सर किंग युवराज सिंहको समर्थक हुनुहुन्छ भने खुसीको खबर छ । केही दिनपछि अष्ट्रेलिया र न्युजिल्याण्डमा हुने आईसीसी विश्वकपका लागि भारतीय टिममा युवराज सिंहको पुनरागमन हुनसक्छ ।
अघिल्लो विश्वकपका हिरो युवराज यसपटक टिममा नपरेपछि आमसमर्थक दुखी भइरहेका बेला युवराजको बोलावटको सम्भावना बढेको हो । भारतले आफ्नो अन्तिम टोली घोषणा गरिसकेको बेला युवराज कसरी टिममा पर्छन् त भन्ने जिज्ञासा लाग्यो होला । कारण हो, भारतका चार खेलाडी हाल फिटनेस टेस्टका क्रममा छन् । रोहित शर्मा, रविन्द्र जडेजा, ईसान्त शर्मा र भुवनेश्वर कुमार पूर्णरुपमा फिट नभइसकेको पाइएपछि युवराज लगायतका अन्य केही खेलाडीले अवसर पाउने सम्भावना बढेको हो ।
यदि जडेजा जनवरी ७ मा हुने फिटनेस टेष्टमा असफल भएमा युवराजलाई बोलाइने लगभग पक्का रहेको बिसीसीआई स्रोतलाई उल्लेख गर्दै भारतीय अनलाइनहरुले खबर लेखेको छन् । पछिल्लो समय सानदार फर्मका बाबजुद् पनि विश्वकप टिममा नपरेपछि युवराज निकै निरास छन् ।
प्रतिक्रिया