जानकी मेडिकल कलेजको सम्बन्धन खारेजी गर्ने चेतावनी

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२१ माघ २०७१, बुधबार १४:४७

काठमाण्डौं,२१ माघ । त्रिभुवन विश्वविद्यालय चिकित्सा अध्ययन संस्थान (आइओएम) ले विद्यार्थीलाई अलपत्र पारेको भन्दै जानकी मेडिकल कलेज जनकपुरको सम्बन्धन खारेजी गर्ने चेतावनी दिएको छ । सञ्चालककको लापरबाहीले एमबीबीएसको पढाई बन्द हुँदा विद्यार्थी बिचल्ली भएपछि डीन कार्यालय कडा रुपमा प्रस्तुत भएको हो । ३५ लाख भन्दा बढी खर्च गरेर जानकीमा भर्ना भएका विद्यार्थी पढाई नभएपछि अन्यत्र पढ्ने व्यवस्था गरिदिन भन्दै आइओएम र शिक्षा मन्त्रालय गुहार्न थालेका छन् । कलेजमा दशै तिहारपछि पढाई नभएको गुनासो गरेपछि आइओएमले व्यवस्थापनमा सुधार गरी सैद्धान्तिक तथा प्रयोगात्मक कक्षाहरु सञ्चालन गर्न सूचना जारी गरेको छ । सूचनामा भनिएको छ,‘पठन पाठन सुरु नगरे त्यस कलेजको सम्बन्धन स्थगन तथा खारेजी गर्ने janakiप्रक्रिया अगाडि बढाइने छ ।’ कलेजले एक बर्षदेखि शिक्षक कर्मचारीलाई तलब भत्ता नदिएपछि पठन पाठन बन्द भएको हो । कलेजमा ४ सय ६० विद्यार्थी छन् । भौतिक र व्यवस्थापकीय कमजोरी पाइएपछि मेडिकल काउन्सिलले यस बर्ष कोटा दिएको छैन ।

त्रिवि संगठन तथा शैक्षिक प्रशासन सम्बन्धि नियम, २०५० को परिच्छेद ८८ को नियम ३ सय ८५ अनुसार सम्बन्धन स्थगन भएमा त्यस्तो कलेजले नयाँ विद्यार्थी भर्ना गर्न पाउने छैन । तर, भर्ना भइसकेका विद्यार्थीको अध्ययन पुरा गर्ने अवधिसम्म सञ्चालन गर्नु पर्ने हुन्छ । उक्त अवधि सम्म सम्बन्धन नविकरण नभएमा सम्बन्धन स्वतः खारेज हुन्छ । त्यस्तै नियम ३ सय ८६ अनुसार सम्बन्धन खारेजी भएको कलेजले शैक्षिक कार्यक्रम सञ्चालन गर्न पाउने छैन । शैक्षिक कार्यक्रममा अध्ययनरत विद्यार्थीको अध्ययन पुरा गराउने दायित्व सम्बन्धित कलेजकै हुने स्पष्ट व्यवस्था गरिएको छ । कलेज बन्द भएपछि अन्यत्र पढ्ने व्यवस्था गरिदिन अभिभावक मन्त्रालय धाएका छन् । अभिभावकले शिक्षा सचिव विश्वप्रकाश पण्डित, सह सचिव हरी लम्साललाई भेटेर आफनो गुनासो राखेका थिए । मन्त्रालयले यही बिषयमा छलफल गर्न बुधबार अपरान्ह बैठक डाकेको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बुधबार, कार्तिक ७, २०८१