कति सुरक्षित छ तपाईंको टुथपेस्ट ?

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२१ माघ २०७१, बुधबार १२:३०

काठमाडौं,२१ माघ । ‘दाँत माँझ नत्र किराले खान्छ’, यो निर्देशन हामीले सानैदेखि सुन्दै आएका हौं । तर, दाँतको रक्षा गर्ने भनिएको टुथपेस्ट नै तपाईंको स्वास्थ्यको लागि हानिकारक भयो भने के गर्ने ? हो, विश्वभरका डेन्टिस्टहरु यतिबेला व्यावसायिक भनिएका टुथपेस्टहरुमा पाइने केही तत्वहरुले मानिसको स्वास्थ्यमा असर गर्ने भन्दै चिन्तित बनेका छन् । यस्ता तत्वहरुले गिजामा असर गर्नुदेखि मुख र स्तन क्यान्सरसम्म हुने डेन्टिस्टहरु बताउँछन्, अझ यसबाट हुने वातावरणको प्रदुषण त अलग्गै छ । डा. टोबी टालबोट रेस्टोरेटिभ डेन्डिस्ट्रीका विशेषज्ञ हुन् र रोयल कलेज अफ सर्जन्स्का सदस्य हुन् । यस क्षेत्रमा ३५ वर्ष अनुभव बटुलिसकेका उनी बजारमा पाइने टुथपेस्टहरुमा प्राकृतिक तत्वहरुभन्दा पनि औद्योगिक रसायनहरु रहेको बताउँछन् । ‘केही उत्पादनहरुले tooडेन्टिस्टहरुले प्रयोग गर्ने नम्बर १ उत्पादन भनेर दाबी गर्छन् तर उपयोगकर्ताहरुलाई के थाहा ती डेन्टिस्टहरुले निःशुल्क ती उत्पादनहरु पाउँछन्,’ उनी भन्छन् ।

मुखको अल्सर
बजारमा पाइने ८५ प्रतिशत टुथपेस्टमा सोडियम लउरियल सल्फेट ९एसएलएस० पाइन्छ जसले टुथपेस्टलाई फैलिन मद्दत गर्छ । यसले टुथपेस्टमा भएको पेपरमिन्ट तेललाई पानीसँग घुलिन मद्दत गर्छ । एसएलएस टुथपेस्टमा नहुने भने यसमा पाइने सबै तत्वहरु छुट्टीएर बस्छन् ।
यद्यपि, डा.टाल्बोटका अनुसार यस तत्वले मानिसको मुखमा रहेका कोषहरुबीचको दूरीलाई बढाउँछ । यसरी त्यस दूरीको बीचमा हानिकारक तत्वहरु जाने सम्भावना बढ्छ । यस्ता तत्वहरु चुरोट, खैनी, सेकुवा आदि जस्ता तत्वहरुबाट मुखमा जान सक्छ । मुखका कोषहरु निकै संवेदनशील हुन्छन् र एसएलएसका कारण ती कोषहरुमा असर पुग्न सक्छ । यदी कोहीको मुखमा नियमित रुपमा अल्सरहरु देखापर्छ भने त्यसको कारण उसले प्रयोग गर्ने टुथपेस्ट हुनसक्ने उनी बताउँछन् । ‘यस्तो अवस्थामा पूरानो टुथपेस्ट फालेर एसएलएस नभएको टुथपेस्ट तुरुन्त प्रयोग गर्नुपर्छ,’ उनी सुझाव दिन्छन् ।

अमेरिकामा हटाइयो, अन्य देशमा बाँकी
गत वर्ष कोलगेट टुथपेस्ट बनाउने कम्पनीले ट्राइक्लोसान (गिजासम्बन्धी रोग नियन्त्रण गर्ने रसायन) नामक रसायन भएका आफ्ना उत्पादनहरु अमेरिकाबाट हटाइयो । यस तत्वबाट कोषमा क्यान्सर बढ्ने खतरा हुने देखिएपछि यस रसायनलाई त्यहाँ हटाइयो ।
कोलगेटले सानो मात्रमा ट्राइक्लोसान प्रयोग गर्दा कुनै नाकारात्मक असर नगर्ने देखाए पनि विभिन्न अध्ययनहरुले भने ट्राइक्लोसान मानिसको शरीरमा पुग्ने सबैभन्दा मुख्य स्रोत टुथपेस्ट नै भएको देखाएको थियो ।
डा। टालबोटका अनुसार औद्योधिक केमिस्टहरुले मुखमा ब्याक्टेरिया रोक्न ट्राइक्लोसानको प्रयोग टुथपेस्टमा गर्छन् । ‘गत वर्ष अमेरिकामा यसको विरोध भएपछि उक्त रसायनलाई हटाइयो तर विश्वका अन्य भागमा भने यो रसायन अझै टुथपेस्टमा पाइन्छ,’ उनी भन्छन् ।

दाँत सेतो पार्ने रसायनका गिजामा असर
दाँत सेतो पार्ने तत्वका रुपमा टुथपेस्टमा पेरोअक्साइट र हाइड्रोजन पेरोअक्साइड प्रयोग गरिन्छ जसले दाँतलाई ब्लिच गर्छ । यी तत्वहरु गिजा र मुखका संवेदनशील कोषका लागि हानिकारक हुन्छन् । यसले गिजा र मुखलका म्युकस मेम्ब्रेनलाई नष्ट गर्ने डा। टालबोट बताउँछन् । अझ, टुथपेस्टमा पाइने अन्य तत्वको संमिश्रणमा मात्र यसले कति राम्रोसँग दाँतलाई सफा गर्न सक्छ भन्ने निर्धारण हुन्छ ।

टुथपेस्टमा स–साना प्लास्टिक
केही टुथपेस्टमा पाइने माइक्रोबिड वास्तवमा स–साना प्लास्टिक रहेको डा। टाल्बोट बताउँछन् । उनका अनुसार यसलाई सामान्य माइक्रोस्कोपबाट पनि देख्न सकिन्न । यसले दाँतमा रहेको दाग हटाउन मद्दत गर्छ ।
हुनतः बढ्दो प्रदुषणसँगै आजभोली यस्ता प्लास्टिकहरु विभिन्न खानेकुराबाट हाम्रो शरीरमा पुग्छन् । तर, यसले हाम्रो स्वास्थ्यलाई कुनै फाइदा गर्दैन ।
डा। टाल्बोटका अनुसार टुथपेस्ट कम्पनीहरुले उनीहरुको उत्पादनमा वास्तवमा के तत्वहरु कुन मात्रामा प्रयोग गर्छन् भनेर खुलाउँदैनन् । यसले गर्दा समस्या अझ खतरनाक बनेको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, जेष्ठ ५, २०८१