आइफोन सिक्स प्लसलाई सिआओमिको चुनौती

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२१ माघ २०७१, बुधबार १२:०८

एजेन्सी,२१ माघ । सस्तो चिनिया स्माटमोबाइल कम्पनी सिआओमिले एप्पलको आइफोन सिक्स तथा सिक्स प्लस सार्वजिनक भएसँगै सबैको ध्यान आफुतिर तानेको छ । सार्वजननिक गरेको केही सातामै विषेशगरी पुर्वी र दक्षिणपुर्वी एसियामा यसको चर्चा चुलिएको छ । त्यस बाहेक युरोपका संचारमाध्यमहरुले समेत आइफोन सिक्स प्लसलाई चुनौति दिएको भन्दै मि प्लसको चर्चा गरेका MG_6642छन् । अगष्ट सन् २०११ मा पहिलो स्मार्ट फोन बजारमा ल्याए यता सिआओमीले पछाडि फर्केर हेर्नु परेको छैन । बजारमा आएको साढे तीन बर्षमै विश्वको तेस्रो ठुलो स्मार्ट फोन निर्माताको रुपमा कम्पनी स्थापित भइ सकेको छ । पहिलो स्थानमा रहेको सामसुङ र दोस्रो एप्पललाई सिआओमीले पछ्याइरहेको छ । स्मार्टफोन निर्माणमा आफू भन्दा धेरै जेठा र अनुभवी कम्पनीहरु लेनोभो, एलजी लगायतलाई सिआओमीले उछिनी सकेको छ । अहिलेसम्म युरोपेली ब्रान्ड कन्सल्टेन्सी इन्टरब्रान्डको विश्वका उत्कृष्ट १०० ब्रान्ड सूची भित्र पर्न सिआओमी सफल भएको त छैन । तर, उत्कृष्ट ब्रान्डको सूचीमा रहेका धेरै जाइन्टहरुको टाउको दुखाइ भने बनि सकेको छ । अहिलेसम्म चिनियाँ कम्पनीमा हुवावेले मात्र त्यहाँ डेब्यु गरेको मिडीया एनपी डटकममा समाचार छ । विशेषगरि घना आवादी भएका चीन, इन्डोनेसिया, भारत लगायतका मुलुकमा सिआओमीको लोकप्रियता र बढ्दो बजारले नामी भनिएका कम्पनीहरुमाथि चुनौति थपिएको हो । सिआओमीको पृथक पहिचान भनेकै सस्तो मुल्यमा उत्कृष्ट स्मार्टफोन उपभोक्ताको पहुँचमा पुर्‍याउनु हो । आफ्नो फोन एप्पल, सामसुङ लगायत अन्य कम्पनीको तुलनामा धेरै सस्तो भए पनि प्रविधिमा उत्कृष्ट रहेको दाबी कम्पनीले गर्दै आएको छ र यो दावि प्रति उपभोक्ताहरु पुर्णतस् सहमत छन् ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बुधबार, अशोज २३, २०८१