जहाँ बाँदरले मान्छे हुर्काउँछ

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२१ माघ २०७१, बुधबार ११:५८

एजेन्सी । चाल्र्स डार्बिनको विकासवादी सिद्वान्तले भन्छ– मानिसको पूर्खा बाँदर हो । यो सिद्वान्तप्रति असहमति जनाउनेहरु पनि छन् । तर, युगान्डाका जोन Monkeyसेबुन्यालाई हेर्ने हो भने डार्बिनको सिद्धान्त ठीक हो झैं लाग्छ ।किनकि उसलाई जंगलकाने बाँदरले लालनपालन गरेर हुर्काएका हुन् ।

चार वर्ष हुँदा जोनकै अगाडि उनका बाबुले आमाका हत्या गरिदिए । बाबुले आफूलाई पनि मार्लान् भन्ने डरले जोन घरबाट भागेर टाढाको जंगलमा पुगे । जंगलमा बाँदरको बाक्लो बसोबास थियो । घरबाट भागेका जोनलाई जंगलका बाँदरहरुले आफ्नो समूहमा आबद्ध गराए ।
त्यति मात्र होइन, उनको रेखदेख, लालनपालनको जिम्मा पनि लिए । सन् १९९१ मा बाँदरहरुसँग खेलिरहेको एक व्यक्तिलाई देखेपछि सबै छक्क परे । ती व्यक्ति बाँदरजस्तै हाउभाउ देखाउँदै उफ्रिने, खेल्ने गर्दै थिए । यसरी बाँदरजस्तै गरी बाँचेका ती व्यक्ति अरु कोही नभई जोन थिए ।
त्यसपछि उनलाई बाँदरको बस्तीबाट अलग गरेर मानिसको बीचमा राखियो । बाँदरसँगको लामो संसर्गका कारण बोल्ने भन्ने पनि सिकाइयो । अहिले जोनले मानिसको लवज र जीवनशैली पूरै सिकिसकेका छन् ।
उनी भाका हालेर गीत गाउन सक्ने भएका छन् ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

सोमवार, जेष्ठ ७, २०८१