७० वर्षका बृद्धद्वारा ११ वर्षकी नातिनी बलात्कृत

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
१६ बैशाख २०७१, मंगलवार ०५:२१

म्याङ्लुङ्ग,  १६  वैशाख ।  एघार वर्षकी नातिनीलाई बलात्कार गरेको अभियोगमा तेह्रथुम संक्रान्ति – २ का ७० वर्षका एक बृद्धलाई प्रहरीले पक्राउ गरेको छ ।
पीडित बालिकाका बाबुले जाहेरी दिएपछि ईलाका प्रहरी कार्यालय सक्रान्तिले बृद्धलाई पक्राउ गरेको छ ।balatkar
घरमा कोही नभएको मौका छोपी बृद्धले गत चैत २४ गते आफ्नै नातिनीलाई बलात्कार गरेको उजुरी ढिलो गरि परेको प्रहरीले जनाएको छ ।
ईलाका प्रहरी कार्यालयले पक्राउ परेका बृद्धलाई थप अनुसन्धान र कारवाहीका लागि सोमबारै जिल्ला प्रहरी कार्यालयलाई बुझाएको छ । पक्राउ परेका बृद्धलाई जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव निरीक्षक राम खड्काले जानकारी दिनुभयो ।

प्रतिक्रिया