सेमेस्टर प्रणालीबारे त्रिविले कार्यदल गठन गर्ने

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२० माघ २०७१, मंगलवार १६:१३

काठमाडौँ, माघ २० । त्रिभुवन विश्वविद्यालयले काठमाडौँ उपत्यकाका क्याम्पसमा पनि सेमेस्टर प्रणाली कार्यान्वयन गर्ने सम्बन्धमा सुझाव लिन विज्ञ र सरोकार पक्ष सम्मिलित कार्यदल गठनको तयारी गरेको छ। यसै वर्षदेखि timthumbउपत्यकाका सम्बन्धनप्राप्त कलेजबाट सेमेस्टर प्रणालीमा शिक्षण गराउने तयारी गरेको विश्वविद्यालयले विद्यार्थी सङ्गठनको असहमतिका कारण हाललाई स्थगन गरी कार्यदल गठन गरी सुझाव लिने तयारी गरेको हो।

शिक्षा पत्रकार समूहले आयोजना गरेको अन्तक्र्रिया कार्यक्रममा विश्वविद्यालयका निमित्त रजिष्ट्रार देवराज अधिकारीले पूर्वाधार तयारी र विद्यार्थी सङ्गठनसँगको थप सहमतिका आधारमा सेमेस्टर प्रणालीलाई विस्तार गरिने बताए। उनले विश्वका धेरै मुलुकमा यो प्रणाली कार्यान्वयनमा आइसकेको तथा नेपालमा पनि अधिकांश विश्वविद्यालयमा यो प्रणाली भएकाले अब वार्षिक प्रणालीको शिक्षालाई विस्थापन गर्नुपर्ने बताए।

त्रिविको सम्बन्धन प्राप्त उपत्यकाका निजी कलेजहरुको सञ्जालका संयोजक डा राजेन्द्रसिंह केसीले सेमेस्टर प्रणाली कार्यान्वयन गर्न आफूहरु तयार रहेको अवस्थामा विश्वविद्यालय एकाएक पछि हटेकोमा चिन्ता व्यक्त गर्दै गुणस्तरीय शिक्षाका लागि यसको आवश्यकता रहेको बताए।

नेपाल विद्यार्थी सङ्घका नेता नैनसिंह महर, अनेरास्ववियुका उपाध्यक्ष दीपक गौतम, नेकपा ९माओवादी० निकट अनेरास्ववियु ९क्रान्तिकारी० का अध्यक्ष शरद रसाइलीले पूर्वाधारको तयारी गरेर मात्रै सेमेस्टरमा जान आफूहरुले आग्रह गरेको बताएका थिए।

उपत्यकामा ३६ निजी कलेज सेमेस्टर प्रणाली लागु गर्ने तयारीमा रहेको पनि सो अवसरमा बताइयो ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बुधबार, कार्तिक ७, २०८१