मुटुको लागि नुनभन्दा चिनी खतरनाक

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२० माघ २०७१, मंगलवार १२:१७

वासिंगटन,२० माघ । हामीले खाने खानेकुरामा चिनीभन्दा नुनको बढी प्रयोग स्वास्थ्यको लागि खतरनाक हुन्छ भन्ने मानिसको विश्वास छ । तर अनुसन्धानकर्ताहरुले चेतावनी दिएका छन्, चिनी उच्च रक्तचाप, मुटुसम्बन्धी बिरामी र हृदयाघातका लागि नुनभन्दा पनि बढी हानिकारक हुन्छ ।

अनुसन्धानकताहरुले भनेका छन्, ‘कम उच्च रक्तचापका लागि मुख बार्नुपर्ने खानेकुरामा नुनको मात्रा कटौती गर्न जोड दिइन्छ । तर भोजनमा धेरै नुन प्रचलित खानेकुरामा प्रयोग हुनेगर्दछ, जुन चिनीको एक महत्वपूर्ण स्रोत हो ।’
heart2अनलाइन जर्नल ओपन हार्टमा प्रकाशित यस शोधको एक विश्लेषणमा शोधकर्ताले लेखेका छन्, ‘नुनभन्दा चिनीको प्रयोग उच्च रक्तचापमा घातक हुन्छ, जस्तो कि खानेकुरामा गडबडी यस्तो रोगको लागि घातक हुनसक्छ ।’
अमेरिकाका सेन्ट ल्यूकले मिड अमेरिका हर्ट इन्स्टिच्युट तथा मोंटेफिओरे मेडिकल सेन्टरका शोधकर्ताहरुले आधारभूत विज्ञानको प्रयोग, जनावरको अध्ययन र मानव अनुसन्धानबाट प्राप्त उपलब्धिहरुको समिक्षा गरेका छन् ।
उनीहरुले यस अध्ययनबाट उक्त विशेष अवस्थाको लागि धेरै चिनी र मकैको झोल (कर्न सिरप)दोषी पाइएको बताएका छन् । हामीले स्वादिलो खानाको लागि प्रशोधित खानेकुरा, चिनीयुक्त पेयपदार्थ र अन्य भोजन प्रयोग गर्ने गर्दछौं ।
यस सोधमा जोड दिइएको छ, ‘आधारभूत विज्ञान, जनसंख्या र लाक्षणिक परीक्षणबाट मिलेका घटनाबाट थाहा हुन्छ कि चिनी र चिनीजन्य पदार्थ उच्च रक्तचापले उच्च रक्तचापको वृद्धिको लागि महत्वपूर्ण भूमिका निर्वाह गर्दछ ।
प्रत्येक दिन ७४ ग्रामभन्दा बढी चिनीजन्य पदार्थको सेवन गर्नाले रक्तचापको १४०.९० भन्दा माथि बढाउने सम्भावना ३० प्रतिशत रहन्छ जबकि १६०.१०० भन्दा माथि बढ्ने सम्भावना ७७ प्रतिशत हुन्छ । अनुसन्धानकर्ताहरुले फलफूल तथा तरकारीमा प्राकृतिक रुपमा पाइने चिनी स्वास्थ्यको लागि हानिकारक हुँदैन ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, जेष्ठ ५, २०८१