अब तानसेनमा पनि प्याराग्लाइडिङको उडान

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२० माघ २०७१, मंगलवार १०:५२

तानसेन,२० माघ । पाल्पाको सदरमुकाम तानसेनमा आगामी फागुनदेखि व्यवसायिक रुपमा प्याराग्लाइडिङ उडान हुने भएको छ । वनदेवीको डाँडा र Paragladingश्रीनगरबाट उडान भर्न सकिने तथा प्रभासस्थित खेल मैदान वा टुँडिखेलमा उत्रिन सक्नेगरी गरिएको परीक्षण सफल भएको छ । परीक्षण सफल भइसकेकाले फागुनदेखि नै व्यवसायिक उडान भर्ने तयारी भएको पाल्पा एडभेन्चर प्रालिले जनाएको छ । वार्षिक ५ हजार उडान गर्न सकिने बताइएको छ । हालका लागि ३ वटा प्याराग्लाइडिङ राखिने र पछि थप गरेर ५ वटा पुर्याइने एडभेन्चरले जनाएको छ । एक उडानका लागि ५ हजार ५ सय सुल्क तोकिएको एडभेन्चरले जनाएको छ । १ करोड ५० लाखमा एडभेन्चरले प्याराग्लाइडिङसहित साइकलिङ, रक क्लाइम्बिङ लगायत पर्यटकीय गतिविधिका लागि लगानी गर्ने योजना बनाएको छ । यसबाट पाल्पा जिल्लामा आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउन पनि मद्दत पुग्ने अपेक्षा गरिएको छ । ति क्षेत्रका अलवा पाल्पाकै बगनास, भुसलडाडाँ, क्षेत्रबाट पनि प्राविधिक अध्ययन भएको छ । ति क्षेत्रबाट पनि प्याराग्लाइडिङको उडान सम्भावना देखिएको छ । यसअघि पोखराका व्यवसायीले तानसेनमा उडान भर्ने गरे पनि अव भने औपचारिक रुपमै त्यहींबाट साहसिक खेल खेल्न पाइने भएको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

सोमवार, मंसिर ३, २०८१