विश्वकप अघि अष्ट्रेलियन टिमलाई झड्का

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२० माघ २०७१, मंगलवार १०:३५

पर्थ,२० माघ । फाइनलमा इंग्ल्याण्डलाई १ सय १२ रनको फराकिलो अन्तरले पराजित गर्दै अष्ट्रेलियाले ट्राई सिरिजको उपाधी त जित्यो, तर सोही खेलबाट टिममा एउटा चिन्ता थपिएको छ । विश्वकपको पूर्वसन्ध्यामा टिमका स्टार faulknerअलराउन्डर जेम्स फौंल्कनर घाइते भएपछि कङ्गारु टोली चिन्तामा परेको हो ।

सोही खेलमा पनि अष्ट्रेलिया समस्यामा रहेका बेला २४ बलमा ४ चौका र ४ छक्काको मद्दतले ५० रनको धुँवादार पारी खेलेका फौंल्कनर आफ्नो तेस्रो ओभरको बलिङ गर्दै गर्दा चोटिल भएपछि मैदानबाट बाहिरिएका थिए । त्यसअघि आफ्नो स्पेलको पहिलो बलमा नै विकेट लिएर दमदार सुरुवात गरेका फौंल्कनरको अनुपस्थिति अष्ट्रेलियाका लागि निकै ठूलो चिन्ताको विषय बन्न सक्छ ।
यद्यपी उनको अवस्थाका बारेमा टिम ब्यवस्थापनले कुनै जानकारी दिएको छैन । तर खेलको अन्त्यमा अर्का अलराउण्डर एवम् म्यान अफ दि म्याच गेलेन म्याक्सवेलले फौंल्कनरको अवस्था ठिक नदेखिएको संकेत गरेका थिए ।
फौंल्कनर अष्ट्रेलियन टोलीका महत्वपूर्ण हिंस्सा हुन् । टिम समस्यामा हुँदा धुँवादार व्याटिङ गर्नुका अलवा विकेट चाहिएको बेला र डेफ्थ ओभरमा रन रोक्नु पर्दा उनलाई ट्रम कार्डको रुपमा प्रयोग गर्ने गरिएको छ । उनी बलिङ र ब्याटिङ दुबैको माध्यमबाट टिमलाई जिततर्फ डोहो¥याउन सक्ने खेलाडी हुन् ।
विश्वकपको आयोजक अष्ट्रेलियालाई यस पटक मुख्य दावेदारको रुपमा हेरिएको छ । विश्वकप अघि उसको प्रदर्शनले पनि यस्तो अड्कलमा बल पु¥याएको छ । पछिल्लो केही महिनायता अष्ट्रेलियन टिम अपराजित छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

मङ्लबार, अशोज २२, २०८१