दुर्गम कर्णालीमा पाठ्यपुस्तक वितरणको जिम्मा नीजि क्षेत्रलाई

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
१९ माघ २०७१, सोमबार १४:१०

कर्णाली,१९ माघ । नेपालकै सबैभन्दा दुर्गम कर्णालीमा आगामी शैक्षिक क्षेत्र नीजि क्षेत्रले पाठ्यपुस्तक वितरण थालेको छ । कक्षा १ देखि ५ सम्मको पाठ्यपुस्तक बिहीबार कर्णालीका पुस्तक विक्रेतालाई हस्तान्तरण गर्दै पाठ्यपुस्तक वितरण थालिएको छ । पहिलो पटक निजी क्षेत्रले कर्णालीका विभिन्न जिल्लामा पाठ्यपुस्तक वितरणको जिम्मा पाएको छ ।

booksशिक्षा विभागका सहसचिव मुकुन्द निरौलाले कर्णालीका हुम्ला, जुम्ला, कालिकोट, मुगु र डोल्पाका विक्रेताहरु पुस्तकपुस्तक दिदै कर्णालीमा नीजि क्षेत्रबाट पाठ्यपुस्तक वितरणको थालनी गरेका छन् । कर्णालीमा फागुन १ गतेबाट शैक्षिक सत्र सुरु हुने गरेको छ । नेपाल सरकारले आगामी शैक्षिक सत्रबाट कर्णालीमा कक्षा १ देखि ५ पाठ्यपुस्तकको उत्पादन र वितरण जिम्मा नीजि क्षेत्रलाई दिएको छ । ६ देखि १० सम्म पाठ्यपुस्तकको वितरण समेत सोझै जनक शिक्षाले गर्ने भएको छ ।
हालसम्म जनक शिक्षा सामग्री कम्पनी लिमिटेडले उत्पादन गरेको पाठ्यपुस्तक साझा संस्थान वितरण गर्दै आएको थियो । नीजि क्षेत्र आगामी शैक्षिक सत्रमा डोल्पाको लागि ६ हजार ७६९, जुम्लामा २३ हजार २६२, कालिकोटमा ३४ हजार ३६९, मुगुमा ९ हजार ९४५ र हुम्लामा १२ हजार ४८ गरी ८६ हजार ३८६ सेट पाठ्पुस्तक वितरण गर्ने छ ।
उता व्यवसायीले भने नीजि क्षेत्र र जनक शिक्षा दुवैले समन्वय नगरी पाठय्पुस्तक वितरण गरे थप समस्या सिर्जना हुन सक्ने आशंका गरेका छन् । हुम्लाका पाठ्यपुस्तक विक्रेता लोकन्द्र शाहीले कक्षा ६ देखि १० को पाठ्यपुस्तक पनि एकै साथ प्राप्त हुन पर्ने बताए । उनले भने, ‘हामी १ देखि ५ सम्मको उपलब्ध भयो अब ६ देखि १० सम्मको उपलब्ध हुन प¥यो । नत्र हाम्रो खर्च पनि बढ्छ, विद्यार्थी समयमा पुस्तक पनि पाउदैनन् ।’
उनले पुरै सेट र पुरै पुस्तक एकैपटक उपलब्ध हुनु पर्ने माग गरे । उनले कर्णालीको लागि पुस्तक माघको शुरुवातबाट ढुवानी थालनी गर्नु पर्ने बताए । ‘जम्मा १५ दिन छ, विद्यार्थीको हातको पुस्तक पु¥याउने यो समस्य अझै अपर्याप्त भयो,’ व्यवासयी भण्डारीले भने, ‘हुम्लामा सडक यातायत छैन, जिल्ला सदरमुकाम हवाइजहाज पु¥याउनु पर्छ अनि गाउँ गाउँमा पु¥याउन खच्चड, भरिया चाहिन्छ ।’
कालिकोटका व्यवसायी नन्दबहादुर शाहीले एक थलोबाट पाठ्यपुस्तक वितरण गर्दा सजिलो र समय पुग्ने बताए । उनले भने, ‘दुई निकायले गर्दा ढुवानीमा समस्या हुन सक्छ । उनले राज्यले पाठ्यपुस्तक वितरण गर्दा राम्रो हुने सुझाव पनि दिए । जनक शिक्षा सामग्री क्षेत्रीय प्रबन्धक रविन्द्र शर्माले जनक शिक्षाको नेपालगन्ज गोदाममा ६ देखि ८ कक्षा सम्मको पाठ्यपुस्तक आइसकेको जानकारी दिए ।
उनले एक हप्ताभित्र पुस्तक विक्रेताको हातमा पाठ्यपुस्तक उपलब्ध गराउने समेत जानकारी दिए । नीजि क्षेत्रका मुद्रण व्यवसायी तर्फबाट सरकारका प्रतिनिधि दिपक भण्डारीले निजी क्षेत्रले सुगम र सजिलो ठाउँमा मात्र काम गर्छ भन्ने आपेक्ष लागेको देशको सबैभन्दा दुर्गम कर्णालीमा हात हालेको बताए । उनले गुणस्तीय र समयमा पाठ्यपुस्तक पु¥याएर नमुना कायम गर्ने प्रतिबद्धतासमेत जनाए ।
नेपाल मुद्रण उद्योग महासंघका अध्यक्ष उदय नरसिंह श्रेष्ठले अब कर्णालीका पाठ्यपुस्तक अभाव नहुने दाबी गरे । अभाव मात्र भयो भन्ने आउँछ अब त्यो दिन देख्न पर्दैन । २१ वटा निजी कम्पनी सयुक्त रुपमा कर्णालीमा पाठ्यपुस्तक उत्पादन गरि वितरण गर्नको नेपालगन्ज आएका छन् । सहसचिव निरौलाले जनक र निजी दुवै पनि एकै पटक पाठ्यपुस्तक पठाउने वातावरण सिर्जना गर्ने बताए ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

आइतवार, बैशाख २३, २०८१