भारतको कोठिमा बेचिएकी नेपाली चेली सन्तान सहित फर्किन

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
१५ बैशाख २०७१, सोमबार १६:०८

प्रवीण अग्रवाल/गौर १५ बैशाख ।
फोटो खिचाउने बाहानामा रौतहटबाट सिमावर्ती भारतीय बजारमा पुयाएकी एक नेपाली चेली मुम्बईको एक बेस्यालयबाट आङ्खनो घर रौतहट उम्कीन सफल भएकी छिन् । सदरमुकाम गौर सँगै टासेर रहेको स्टुडियोमा फोटो खिचाउन भनी लगेका स्थानीय यूवाहरुको समूहले बेहोस बनाई बेचिएकी ती यूवती १५ महिना पछि ४ महिनाको छोरा सहित आफ्नो गाउ रौतहटको राजपुरतुलसी पुगेकी छिन् । रौतहट जिल्लाको राजपुरतुलसी वडा नं.८ मलहिनिया टोल घर भएकी १६ वर्षिय दामिनि (काल्पनिक नाम) लाइृ १५ महिना अगाडि गाउकै केही नामुद धनी व्यक्तिहरुले फोटो खिचाउने बहानामा भारतीय बजार बैरगनिया लगि बेपता बनाएका पिडितले बताइन् ।उक्त गा.वि.स.का शेख मर्गुब, ओसिअख्तर, शेख मफज र सेहरा खातुनले पिडितलाई ललाई फकाई बैरगनिया लगि बेहोस पारे पश्चात मुम्बई स्थित कोठीमा पुर्याएका थिए । बेहोसीकै हालतमा मुम्बईको कोठीमा बेचिइएकी यी यूवती होस आए पछि मात्र आफु बेचिएको थाहा पाइन् । CHHORI-BECHDOI00_20110222090613शुरुमा प्रतिवाद एवं विरोध गर्दा निकै यातना सहनु परेको तर पछि बाध्यताबस मालकिनिको कुरा स्विकार गर्नु परेको उनले बताइन् । आइतवार जिल्ला प्रहरी कार्यालय पुगेकी दामिनि (काल्पनिक नाम) ले संचारकर्मीको एक प्रश्नको उत्तर दिदै दिनमा ७÷८ जना व्यक्तिसँग शारिरीक सम्बन्ध गाँस्नु परेको र सोही क्रममा गर्भवति भई यो सन्तान जन्मेको बताईन् । छोरा जन्मेको एक महिना पश्चात पुनः सोही कामलाई निरन्तरता दिने क्रममा एक जना दयालु ग्राहक लाई पिडा सुनाउदा उहाँले त्याहाबाट भगाएर बिहार आउने रेल चढाएपछि विभिन्न स्थान हुदै गौर आइपुगेकी बताईन् । यता आफ्नो छोरीको घरबाट अपहरण भएको भन्दै पिडितकि आमा सोगारा खातुनले छरछिमेकी सँग सोधपुछ गर्दा छोरीलाई गाउँकै केहि यूवाहरुले लगेको कुरा थाहा भएपछि खातुनले २०६९ साल फाल्गुन १५ गते जिल्ला प्रहरी कार्यालय गौरमा चारै जना विरुद्ध किटानी जाहिरी दिइएकी थिइन् । भने तल्लो दर्जाका कर्मचारीले विभिन्न बहानामा जाहिरी दर्ता नै हुन दिएनन् । खातुन द्वारा पटक पटक तत्कालिन प्रहरी प्रमुख गोविन्द राम परियारसँग भेटन खोज्दा पनि त्याहाका प्रहरी कर्मचारी आफूलाई उल्टै हपकाई धपाई दिने गरेको उनले बताइन् । आरोपिलाई पक्राउ गरी छोरी भेटाई दिन पटक पटक जिल्ला प्रहरी कार्यालय गुहार्न जाने क्रममा एक दिन एस.पि. गोविन्द राम परियारसँग भेटघाट भए पश्चात वहाँको सहयोगमा २०७० साउन १ गते बल्ल मानव बेचबिखन तथा ओसारपसार ऐन अन्तर्गत मुद्दा दर्ता भएपनि दोसि पक्राउ गर्न प्रहरीले तत्पर्ता नदेखाएको पिडितकि आमाले बताईन् । छोरीलाई अपहरण गरी बेच्ने अभियूक्त खुलयाम गाउँमा घुम्ने गरेको भन्दै पटक पटक कार्यालयमा गुहार्दा आरोपिबाट मुद्दा फाँटका प्रहरी अधिकृतले मोटो रकम लिइएको कारण आस्वासन मात्र दिने गरेको खातुनले आरोप लगाईन् । श्रीमानले कुवेतमा मजदुरी गरी घर पठाएको २ लाख भन्दा बढि रकम छोरीको खोज तलासमा प्रहरी लगायत विभिन्न स्थानमा खर्च गरेपनि अपराधि कानुनको चँगुलबाट बच्ने गरेको र छोरीको खोज तलास तथा प्रहरीमा ताक्यता गरी घर फर्के पश्चात पिडक मर्गुव, सेहरा खातुन, ओसिअख्तर, र शेख मफजले कुटपिट गरी शारिरीक यातना दिएको उनले बताइन् । मुम्बईको कोठीबाट उम्केर घर फर्केकि पिडित यूवती स्वयम् जिल्ला प्रहरी कार्यालयमा उपस्थित भई ब्यान दिइएकोले दोसिलाई तत्काल पक्राउ गरी मानव बेचबिखन तथा ओसारपसार ऐन अन्तर्गत मुद्दा चलाउने तथा आरोपीको व्यापक खोज तलास भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटका डि.एस.पि. भिम ढकालले जानकारी दिए । यत्ता पिडितकि आमाले दोसिलाई उन्मुक्ती दिने प्रहरी कर्मचारीलाई समेत कानुनको दायरामा ल्याई कारवाही गर्न माँग गरेकी छिन् ।

प्रतिक्रिया