पहिलोपटक नेपालमा सामूहिक विवाहको तयारी

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
१९ माघ २०७१, सोमबार १२:५९

काठमाडौं,१९ माघ । पशुपतिस्थित वनकालीमा सामूहिक विवाहको तयारी सुरु 22nov_massmarriage_1भएको छ । त्यो पनि दुलहादुलहीले लगाउने कपडासमेत आयोजक संस्थाका तर्फबाट उपलब्ध गराउने गरी । शिवशक्ति रावल षडानन्द फाउन्डेसन, सिद्धाश्रम शक्ति केन्द्र नेपाल र भारतस्थित पद्मश्री योग पीठको संयुक्त आयोजनामा सय जना नेपाली जोडीको यही माघ २५ गते सामूहिक विवाह हुने भएको हो । नेपालका ४० जिल्लाका ब्राम्हण, क्षेत्री, नेवार, मगर, तामाङ, राई, लिम्बु र दलित जोडीको हिन्दु धर्मअनुसार सामूहिक विवाह गराउने अन्तिम तयारी भएको आयोजकले जानकारी दिएको गोरखापत्रमा खबर छ ।

समाजमा विवाह बढी तडकभडक बन्दै गएको बेला गर्न लागिएको सामूहिक विवाहले समाजमा सकारात्मक सन्देश जाने र नयाँ पुस्ताका लागि सामूहिक विवाह अनुकरणीय हुने विश्वास आयोजकको छ ।
विवाह पूर्ण रुपमा हिन्दु धर्म र परम्पराअनुसार हुनेछ । यो विवाहले समाजमा हुने अनावश्यक तडकभडक अन्त्य गरी हरेक व्यक्ति र समुदायलाई आफ्नो क्षमता र औकातअनुसार काम गर्न समेत प्रोतसाहित गर्ने शिवशक्ति षडानन्द फाउन्डेसनका सदस्य ज्ञानु पौडेलले बताए ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

सोमवार, जेष्ठ ७, २०८१