२५ डलरमा विद्यार्थी भिसा पाउने

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
१९ माघ २०७१, सोमबार १२:३९

काठमाडौं,१९ माघ । थाईल्यान्ड र म्यान्मारमा रहेका पुर्ख्यौली कागजातको अभावमा सरकारी एनआरएन कार्ड प्राप्त गर्न असमर्थ नेपाली मुलका सबै विद्यार्थीले वार्षिक २५ डलरमा विद्यार्थी भिसा पाउने भएका छन् । नेपाल nrn_icc20140926001010101सरकारको २०७१ साल माघ २ गते सचिव स्तरको निर्णय अनुसार गैरआवासीय नेपाली समन्धी ऐन २०६४ र नियमावली २०६६ मा व्यवस्था भएअनुसार पुर्ख्यौली कागजातको अभावमा नेपाली मुलका सबै विद्यार्थीले वार्षिक २५ डलरमा विद्यार्थी भिसा पाउने भएको भन्दै एनआरएनले सरकारी कार्यको सरहाना गरेको छ । निर्णय लागू गर्नका लागि नेपाल सरकारले परराष्ट्र मन्त्रालयलाई पत्राचार गरिसकेको छ । यो सुविधा भने सरकारी एनआरएन कार्ड हुने विद्यार्थीले मात्र पाउने छन् । यस निर्णयबाट नेपाली मुलका थाईल्याण्डमा रहेका करिब १ लाख र म्यानमारस्थित करिब ५ लाख जनसंख्या लाभान्वित हुने एनआरएन थाईल्यान्डका अध्यक्ष खगेन्द्रराज ढकालले बताए ।

नेपाली मुलका विद्यार्थीलाई नेपालमा सहुलियतमा पढ्न पाउने एनआरएन भिसाको मागलाई पुरा गरिदिएको भन्दै एनआरएन थाईल्यान्डले नेपाल सरकारप्रति आभार ब्यक्त गरेको छ । एक वर्ष अघि सरकारले सरकारी एनआरएन कार्ड भएका विद्यार्थीलाई मात्र उक्त सुबिधा दिने नियम कडाइका साथ लागू गरेपछि तीन पुस्ता अगाडी नै नेपाल छोडेका नेपालीका नयाँ सन्ततिले नेपाली खुल्ने सरकारी प्रमाणको अभावमा उक्त सुबिधाबाट बन्चित भएका थिए ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बुधबार, कार्तिक ७, २०८१