यी पाँच गल्ती,जसले बिगार्छ तपाईंको स्वास्थ्य

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
१९ माघ २०७१, सोमबार ११:३२

हामी सधै कामको दौडमा हुन्छौं । कहिले अफिसको, कहिले घरको । कामको दौडधुपमा हामीले हाम्रो स्वास्थको ख्याल पुर्याउँदैनौं । तर केही सामान्य सावधानीले हाम्रो स्वास्थलाई जोगाउन महत्वपूर्ण भूमिका खेल्न सक्छन् । आउनुहोस्, पाँच सामान्य तरिका थाहा पाऔं जसले तपाईं हामीलाई स्वास्थ्य राख्न मद्दत पुर्याउँछ ।

राति अबेला सुत्नु
कामको चापले हामी राति अबेलासम्म काम गरिरहन्छौं । तर यसले हामीलाई निन्द्रा नपुग्न सक्छ । जसले खानपीनको तालिका बिग्रन्छ । यसबाट खाना धेरै warn-that-ebooks-affect-sleepखाने र अन्य समस्याहरु देखिन्छन् ।

खाना खानासाथ दाँत माझ्नु
कतिपय मानिसहरु खाना खानासाथ दाँत माझ्ने गर्दछन् । तर खाना खानासाथ ब्रस गर्दा दाँत कमजोर हुन्छ । सामान्यतः खाना खाएको ४० मिनेटपछि मात्र दाँत माझ्नु राम्रो हुन्छ ।

अनुहारमा पटक पटक हात लगाउनु
कतिपय मानिसहरु पटक पटक अनुहार हात लगाउने गर्दछन् । यसले हातमा भएको ब्याक्टेरिया अनुहारको छालामा सर्दछ । जसबाट छालामा समस्या आउनसक्छ ।

सुत्न जानु अगाडि मोबाइल चेक गर्नु
सुत्न जानुअघि मोबाइल चेक गर्नु सबैभन्दा खराब बानी मध्ये एक बानी हो । यसले निन्द्रा बिगार्न भूमिका खेल्न सक्दछ । निन्द्रा नलाग्ने मात्र होइन, यसबाट स्ट्रोक हुने समस्या समेत हुनसक्छ । यसर्थ, सुत्न जानुभन्दा अगाडि फोन चलाउनुहुँदैन ।

सनस्क्रीनको प्रयोग नगर्नु
हामीले घामबाट छालालाई बचाउन सनस्क्रीन लगाउने गर्दछौं । तर सनस्क्रीन गर्मीमा मात्रै लगाउने होइन, यसलाई जाडो महिनामा पनि प्रयोग गर्नुपर्दछ । एजेन्सीहरुको सहयोगमा

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, जेष्ठ ५, २०८१