थ्रिजी मोबाइल र वाइफाइ इन्टरनेट सेवा विस्तार गरिने–नेपाल टेलिकम

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
१५ बैशाख २०७१, सोमबार १४:५६

images नेपाल टेलिकमले मुलुकभर थ्रिजी मोबाइल र वाइफाइ इन्टरनेट सेवा विस्तार कार्यलाई तीव्रता प्रदान गर्ने जनाएको छ ।

नेपाल टेलिकमका सेवाको गुणस्तर र सेवाका बारेमा आमसञ्चार माध्यमलाई अद्यावधिक गराउने उद्देश्यले आज यहाँ आयोजना गरिएको अन्तक्र्रियामा निकट भविष्यमै मुलुकका सबै जिल्लामा ती सेवा पु¥याउने कार्यलाई प्राथमिकता दिएको बताइयो ।

नेपाल टेलिकमले सर्वसाधारण जनतालाई प्रदान गर्दै आएको सेवा समग्रमा मुलुकमा रहेका अन्य सबै दूरसञ्चार प्रदायक कम्पनीको तुलनामा विशिष्ट र धेरै किसिमको सेवा प्रदान गर्ने संस्थाका रुपमा स्थापित गर्न सफल रहेको दावी गरेको छ ।

नेपाल टेलिकमका अहिले एक करोड दुई लाखभन्दा बढी ग्राहक रहेका छन् । उक्त संस्थानले सरकारलाई अहिले वार्षिक रु ३८ अर्ब ८५ करोड राजस्व बुझाउँदै आएको छ ।

नेपाल टेलिकमबाट हाल जीएसएम मोबाइल ८४ लाख २९ हजार ४०, सिडीएमए मोबाइल ११ लाख ७१ हजार, स्थानीय टेलिफोन छ लाख ४७ हजार ८०२, एनटी स्याट ५२८, भि–स्याट ३६० एमएआरटीएस ३०६ र भिएचएफको २४ समेतका भ्याइस सर्भिसका सेवा प्रदान गरिरहेको छ ।

त्यस्तै इन्टरनेट र डाटा सर्भिसतर्फ ४२ लाख ४७ हजार २७२ जना ग्राहकलाई नियमित सेवा दिइरहेको छ ।

टेलिकमले उपभोक्ताको हित होस् भनेर मुलुकभर तीन वटा बंैकका ७७ स्थानबाट टेलिकमको सेवा प्रयोग गरेबापतको महसुलको भुक्तानी लिने व्यवस्थालाई अझ विस्तार गर्ने सोच राखेको जनाएको छ ।

नेपाल टेलिकमले सीडिएमए अहिले मुलुकका ७५ वटै जिल्ला, सबै नगरपालिका र गाविसमा सेवा पु¥याइसकेको छ ।

टेलिफोन सेवाको गुणस्तर कायम गरी सेवा विस्तारकासँगै नेपालको राष्ट्रिय गौरवको आयोजना तामाकोसी जलविद्युत् आयोजना र माथिल्लो त्रिशूली विद्युत् परियोजनाका लागिसमेत नाफाबाट कमाएको रकम लगानी गरेको छ ।

सो क्रममा तामाकोसीमा रु छ अर्ब लगानी गरेको छ भने त्रिशूलीका लागि कुल लागतको २० प्रतिशत रकम ऋण लगानी गर्न मञ्जुरी जनाइसकेको छ ।

अन्तक्र्रियामा टेलिकमका प्रबन्ध निर्देशक अनुपरञ्जन भट्टराईले आम उपभोक्ता तथा सर्वसाधारणलाई समाचार, जानकारी, विश्लेषण प्रवाह गर्ने सञ्चारकर्मीलाई टेलिकमका सेवाका बारेमा सूचना सम्प्रेषण सजिलो होस् भन्ने उद्देश्यका साथ अन्तक्र्रिया गरिएको बताउनुभयो ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, कार्तिक १०, २०८१