आइभोरी कोस्ट र घाना अफ्रिकन सेमीफाइनलमा प्रवेश

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
१९ माघ २०७१, सोमबार ११:१२

एजेन्सी,१९ माघ । आइभोरी कोस्ट र घाना अफ्रिकन कप अफ नेशन्स फुटबल प्रतियोगिताको सेमीफाइनलमा प्रवेश गरेका छन । आइतबार राती भएको d1ed2bf3d11f7e7a6f189af32a153713_XLसम्पन्न क्वाटर फाइनलमा आइभोरी कोस्टले अल्जेरिया र घानाले गिनीलाइ पराजित गर्दै अन्तम चारमा स्थान सुरक्षित गरेका हुन् । आइभोरी कोस्टको जीतमा इङलिस क्ल म्यानचेस्टर सिटीका नया स्ट्राइकर विलफ्राइडले २ तथा गाभिन्होले एक गोल गरेका थिए । खेल सुरु भएको २६ औं मिनेटमा बोनीले हेड मार्फत गोल गर्दै आइभोरी कोस्टलाई पहिलो अग्रता दिलाएका थिए । पहिलो हाफमा एक शुन्यको अग्रता लिएपनि ५१ र्औ मिनेटमा हिलाल सौदानीले अल्जेरियाका तर्फबाट बराबरी गोल फर्काए । प्रतिस्पर्धात्मक र रोमाञ्चक खेलको ६८ औं मिनेटमा बोनीले ब्यक्तिगत दोस्रो गोल गर्दा सन २०१० पछि पहिलो पटक अफ्रिकन कप अफ नेशन्सको क्वाटरफाइनलमा पुगेको अल्जेरिया २–१ ले पछि प¥यो । २० औं मिनेटमा आर्सनलका पुर्व स्ट्राइकर गार्भिन्होले गोल गर्दै आइभोरी कोस्टलाई ३–१ जीत्म दिलाए । त्यस्तै घानाले दश खेलाडीमा सिमित गिनीलाई ३–० गोलले पराजित गर्दै पांचौ पटक सेमीफाइनलमा स्थान बनायो । घानालाई जीत दिलाउन क्रिस्टियन अस्तुले ४ र ६१ तथा केवेसी अपियाहले ४४ औं मिनेटमा गोल गरे । आइतबार रातीको खेल संगै अफ्रिकन कप अफ नेशन्सको सेमीफाइनल समीकरण पनि पुरा भएको छ । सेमीफाइनलमा आइभरी कोस्टले रिपब्लिक अफ कंगो र घानाले इक्वेटोरियल गिनी संग प्रतिस्पर्धा गर्नेछ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

मङ्लबार, अशोज २२, २०८१