काठमाडौं, १९ माघ । पशुपति क्षेत्र विकास कोषले महाशिवरात्रिको व्यवस्थापनका लागि ५ सय ११ सदस्यीय मुल समिति र उप समिति गठन गरेको छ । पशुपति क्षेत्र विकास कोष सञ्चालक समिति बैठकले महाशिवरात्रि व्यवस्थापनका लागि भन्दै विभिन्न समिति र उपसमिति गठन गरेको जानकारी दिएको हो । संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्री दिपकचन्द्र अमात्य समेत सहभागि भएको बैठकले अघिल्ला बर्ष भन्दा यो बर्षको महाशिवरात्रि व्यवस्थापन राम्रो गर्ने निर्णय गरेको छ । बैठकले आगामी फागुन ५ गतेको महाशिवरात्रि पर्वलाई व्यवस्थापन गर्न बिकास कोषका सदस्य सचिवको संयोजकत्वमा महाशिवरात्रि पर्व–२०७१ कार्य सम्पादन समिति र अन्य १० उपसमिति गरी ११ उपसमिति गठन गरेको छ । पर्वका दिनमा बिभिन्न सञ्चार माध्यमहरुसँग समन्वय गर्न कोषका कोषाध्यक्ष तारानाथ सुवेदीको संयोजकत्वमा प्रचार प्रसार ब्यवस्थापन उपसमिति बनाइएको छ ।
प्रतिक्रिया