मैत्रिपूर्ण फुटबलमा टीजेएफ–नेपाल चौंथो स्थानमा

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
१८ माघ २०७१, आईतवार १५:५०

paryatan-300x168

काठमाडौं । नेपालको पर्यटनक्षेत्रमा कमल चलाउने पर्यटन पत्रकारहरुको छाता संगठन नेपाल पर्यटन पत्रकार मञ्च (टीजेएफ–नेपाल) पछिल्ला केहि समयदेखी निकै सक्रिय हुदैं आएको छ । पर्यटन पत्रकारहरुलाई कसरी पर्यटनक्षेत्रका कुराहरुमा सक्षम बनाउने र पर्यटन पत्रकारीताक्षेत्रलाई कसरी मर्यादित बनाउने भन्ने विषयमा बेला बेलामा पर्यटन पत्रकार मञ्चले विभिन्न कार्यक्रमहरु गर्दै आएको छ । सोहि क्रममा सोट्टो नेपालले माघ १७ गते शनिवार आयोजना गरेको मैत्रिपूर्ण फुटबल खेलमा नेपाल पर्यटन पत्रकार मञ्च (टीजेएफ–नेपाल) ले पनि सहभागीता जनाएको छ । उक्त खेलमा विभिन्न क्षेत्रका १२ टिमले भाग लिएका थिए । जसमा हाम्रो टीजेएफ–नेपाल टिम चौंथो हुन सफल भएको थियो । मैत्रीपूर्ण खेलमा टीजेएफ–नेपालका अध्यक्ष शिव अधिकारीको नेतृत्वमा ठुलो संख्यामा पत्रकारहरुको सहभागीता रहेको थियो ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

मङ्लबार, अशोज २२, २०८१